default_image

5 years ago

March 29, 2019

अर्जेन्टिनाबाट हिगुआइनको सन्न्यास

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका फरवार्ड गोन्जालो हिगुआइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका ३१ वर्षीय हिगुआइनले क्लब फुटबलमा ध्यान दिने भन्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन् । हिगुआइन यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका हुन् । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । […]

38 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका फरवार्ड गोन्जालो हिगुआइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका ३१ वर्षीय हिगुआइनले क्लब फुटबलमा ध्यान दिने भन्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन् । हिगुआइन यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका हुन् । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । तर सन् २०१८ को फिफा विश्वकपपछि उनले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

हिगुआइनले क्लबमा लक्षित हुने हिसाबले राष्ट्रिय टोलीबाट बिदा लिएको बताए । ‘मैले यो निर्णय लिएर केहि समय परिवार र मेरो छोरीसँग बिताउन चाहन्छु । मैले राष्ट्रको लागि गर्न सक्ने योगदान गरिसके जस्तो लाग्छ,’ उनले भने, ‘ मेरो ध्यान अहिले पूर्ण रुपमा चेल्सीप्रति केन्द्रित छ । प्रिमियर लिग साँच्चै नै रमाइलो छ । म यस प्रतिस्पर्धात्मक लिगमा रम्न चाहन्छु ।’

राष्ट्रिय टोलीबाट खेल्दा हिगुआइनले तीन महत्त्वपूर्ण प्रतियोगिताको फाइनल खेलेका थिए । उनले सन् २०१४ को विश्वकप फुटबल तथा सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गरे । हिगुआइन राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनलाई लिएर सधैं आलोचित हुँदै आएका छन् ।

विशेषत उनले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध नियमित ९० मिनेट समयमा गोल गर्ने अवसर चुकाउँदा अर्जेन्टिना जितबाट बन्चित भएको थियो । त्यसपछि सन् २०१५ को कोपा अमेरिका फाइनलमा पनि नियमित समयमा गोल गर्ने अवसर चुकाएका हिगुआइनले टाइब्रेकरमा पनि पेनाल्टी चुकाएका थिए ।

हिगुआइनले भने आफूले राष्ट्रिय टोलीका लागि सधैं राम्रो खेल्ने प्रयास गरेको बताए । ‘सबैले मैले गरेको गल्ती देख्दा सफलता भने बिर्सन खोज्छन् । मलाई लाग्छ सबैले सन् २०१४ विश्वकपको क्वाटरफाइनलमा बेल्जियम विरुद्ध गोल हेर्नु भयो होला,’ उनले थपे, ‘ जब कसैको आलोचना हुन्छ, त्यसले खेलाडीसँगै उसको परिवारलाई पनि असर गर्छ । मैले राष्ट्रिय टोलीका लागि सक्दो प्रयास गरे । हामीले उपाधि जित्ने लक्ष्य हासिल गर्न सकेनौं तर यसको मतलब हामी सफल नभएको भने हैन ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.