काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरीयतामा नेपाल यथास्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल यथास्थान १६१ औं स्थान रहेको हो ।

दक्षिण एसियामा भारत शीर्षस्थानमा रहेको छ । भारतले दुईस्थान सुधार गर्दै १०१औं स्थानमा उक्लिएको छ । माल्दिभ्स एक स्थान सुधार गर्दै १५१औं स्थानमा रहेको छ । भुटान १८६औं स्थानमा यथावत रहँदा बंगलादेशले ४ स्थान सुधार गर्दै १८८औं स्थानमा उक्लिएको छ । पाकिस्तान र श्रीलंका एक–एक स्थान तल भलर्दै क्रमशः २०० र २०२औं स्थानमा रहेको छ ।
विश्व वरीयतामा शीर्ष तीनमा कुनै परिवर्तन भएको छैन । बेल्जियम, फ्रान्स र ब्राजिल क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेको छ । इंग्ल्यान्डले एक स्थान सुधार गर्दा क्रोएसिया एक स्थान तल झदै चौथोमा रहेको छ ।
उरुग्वे एक स्थान माथि उक्लदा पोर्चुगल एक स्थान तल झरेको छ । स्वीट्जरल्यान्ड, स्पेन र डेनमार्क शीर्ष १० मा रहेका छन् । अर्जेन्टिना ११औं तथा कोलम्विया १२औं स्थानमा रहँदा जर्मनीले चार स्थान सुधार गर्दै १३औं स्थानमा रहेको छ । इटाली १७औं तथा वेल्स १९औं स्थानमा रहेको छ ।