default_image

5 years ago

April 6, 2019

हाजार्डको विषयमा रियल र चेल्सी सहमतिनजिक

एजेन्सी – बेल्जियमका स्टार फरवार्ड इडेन हाजार्डको विषयमा स्पेनिस क्लब रियल म्याड्रिड र चेल्सी सहमतिनजिक पुगेका छन् । रियलले लामो समयदेखि हाजार्डलाई पछ्याइरहेको अवस्थामा चेल्सीले पनि उचित रकम सहमति भएमा उनलाई छाड्ने मनसाय बनाएको छ । रियल, चेल्सी र हाजार्ड आफैं पनि छलफलमा सहभागी भएर पूर्ण सहमतिको नजिक पुगेको स्पेनिस संचारमाध्यम मार्साले जनाएको छ । […]

21 views

0 Bookmark

एजेन्सी – बेल्जियमका स्टार फरवार्ड इडेन हाजार्डको विषयमा स्पेनिस क्लब रियल म्याड्रिड र चेल्सी सहमतिनजिक पुगेका छन् ।

रियलले लामो समयदेखि हाजार्डलाई पछ्याइरहेको अवस्थामा चेल्सीले पनि उचित रकम सहमति भएमा उनलाई छाड्ने मनसाय बनाएको छ । रियल, चेल्सी र हाजार्ड आफैं पनि छलफलमा सहभागी भएर पूर्ण सहमतिको नजिक पुगेको स्पेनिस संचारमाध्यम मार्साले जनाएको छ ।

रियलमा प्रशिक्षक जिनेदिन जिदानको पुनरागमनसँगै उनले हाजार्डको प्रशंसा गर्दै उनलाई भित्र्याउन क्लबसमक्ष आग्रह गरेका हुन् । हाजार्डको स्किलसँगै द्रुत गति र खेल्ने शैलीको जिदान प्रशंसक हुन् । उनले हाल रियलमा त्यस्तो खेलाडीको कमी महसुस गर्दै उनलाई क्लबमा ल्याउन प्रयास थालेका हुन् ।

रियलले पछिल्लो ट्रान्सफर विन्डोमा पनि हाजार्डलाई भित्र्याउने प्रयास गरेको थियो । त्यसबेला चेल्सीले २ सय मिलियन युरो माग गरेपछि रियल पछाडी हटेको थियो । अहिले हाजार्डले क्लबमा नयाँ सम्झौता नगरेकाले केहि कम रकममा उनी रियल आउने सम्भावना रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.