default_image

5 years ago

April 8, 2019

राकीटिचले बार्सिलोना छाड्ने प्रबल सम्भावना

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर इभान राकीटिच सिजनको अन्त्यमा बार्सिलोना छाड्ने सम्भावना बढेको छ । बार्सिलोनाले डच मिडफिल्डर फ्रान्की डे जंग भित्र्याएपछि राकीटिचले पहिलो रोजाइमा मौका नपाउने देखिन्छ । यसैकारण राकीटिचले अन्य क्लबमा आफ्नो भविष्य खोज्न थालेका हुन् । ३१ वर्षीय मिडफिल्डरले क्लब छाड्ने इच्छा नदेखाएपनि बेन्चमा रहने खेलाडीका लागि बार्सिलोनाले नयाँ सम्झौता गर्ने संकेत दिएको […]

87 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर इभान राकीटिच सिजनको अन्त्यमा बार्सिलोना छाड्ने सम्भावना बढेको छ ।

बार्सिलोनाले डच मिडफिल्डर फ्रान्की डे जंग भित्र्याएपछि राकीटिचले पहिलो रोजाइमा मौका नपाउने देखिन्छ । यसैकारण राकीटिचले अन्य क्लबमा आफ्नो भविष्य खोज्न थालेका हुन् । ३१ वर्षीय मिडफिल्डरले क्लब छाड्ने इच्छा नदेखाएपनि बेन्चमा रहने खेलाडीका लागि बार्सिलोनाले नयाँ सम्झौता गर्ने संकेत दिएको छैन । राकीटिच नयाँ सम्झौता नपाए क्लब छाड्ने मनसायमा रहेको संचारमाध्यमले जनाएका छन् ।

राकीटिचलाई बेच्दा बार्सिलोनाले मोटो रकम पनि प्राप्त गर्ने र अन्य खेलाडीमा खर्च गर्न सक्नेछ । राकीटिच आफैं पनि बार्सिलोनामा दोस्रो रोजाईमा बस्नुभन्दा नयाँ क्लबमा जान इच्छुक रहेका छन् । यसका लागि उनले इटालियन क्लब युभेन्ट्समा नजर लगाएका छन् । युभेन्टसलाई पनि अनुभवी मिडफिल्डरको आवश्यकता परिरहेको र राकीटिच त्यसको लागि उपयुक्त रहने छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.