default_image

5 years ago

April 9, 2019

६ खेलाडी जसले यो सिजन फेरी खेल्ने छैनन्

एजेन्सी – युरोपेली फुटबलमा अब सिजनको अन्त्य नजिकिंदै गइरहेको छ । घरेलु कप प्रतियोगिताहरुमा फाइनल पुग्ने टोली तय भैसकेका छन् भने च्याम्पियन्स लिग र युरोपा लिगमा पनि अन्तिम ४ टोलीको छिनोफानो केहि सातामै हुनेछ । घरेलु लिगको विजेता बन्ने पनि छाँटकाँट देखिन थालिसकेको छ । यस्तो अवस्थामा लिगको महत्त्वपूर्ण स्थानहरुको लागि प्रतिस्पर्धा पनि उच्च विन्दुमा […]

23 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलमा अब सिजनको अन्त्य नजिकिंदै गइरहेको छ । घरेलु कप प्रतियोगिताहरुमा फाइनल पुग्ने टोली तय भैसकेका छन् भने च्याम्पियन्स लिग र युरोपा लिगमा पनि अन्तिम ४ टोलीको छिनोफानो केहि सातामै हुनेछ । घरेलु लिगको विजेता बन्ने पनि छाँटकाँट देखिन थालिसकेको छ ।

यस्तो अवस्थामा लिगको महत्त्वपूर्ण स्थानहरुको लागि प्रतिस्पर्धा पनि उच्च विन्दुमा पुगेको छ । रेलिगेसन क्षेत्रदेखि उपाधि भिडन्तसम्म टोलीहरुको प्रतिस्पर्धा रोमान्चक बन्दै गइरहेको छ । क्लबहरुले खेलाडीहरुमाथि अझै बढी विश्वास राख्न थालेका छन् । यस्तो महत्त्वपूर्ण मोडमा केहि खेलाडीहरु भने चोटका कारण उपस्थित रहनेछैनन् । सिजनको अन्तिम भागलाई गुमाउने केहि खेलाडी यसप्रकार छन् :

६. अक्रफ हाकिमी
क्लब : बोरुसिया डर्टमुन्ड
पोजिसन : डिफेन्डर
चोट : दायाँ खुट्टा भाँचिएको

५. हेक्टर बेलेरीन
क्लब : आर्सनल
पोजिसन : डिफेन्डर
चोट : लिगामेन्ट च्यातिएको

४. लुकास हर्नान्डेज
क्लब : एटलेटिको म्याड्रिड
पोजिसन : डिफेन्डर
चोट : दायाँ घुँडाको लिगामेन्ट समस्या

३. राफिन्हा
क्लब : बार्सिलोना
पोजिसन : मिडफिल्डर
चोट : क्रुसिएट लिगामेन्ट च्यातिएको

२. जेओफ्री कोन्डोग्बिया
क्लब : भ्यालेन्सिया
पोजिसन : मिडफिल्डर
चोट : बायाँ तिघ्रा चोट

१. एलेक्स अक्स्लेड चेम्बरलिन
क्लब : लिभरपुल
पोजिसन : मिडफिल्डर
चोट : दायाँ घुँडा

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.