default_image

5 years ago

April 11, 2019

जोभिचलाई भित्र्याउन रियल र बार्सिलोनाको प्रतिस्पर्धा

एजेन्सी – जर्मन क्लब आइन्ट्रयाक्ट फ्रान्कफर्टबाट पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका सर्बियाका फरवार्ड लुका जोभिचलाई स्पेनका दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाले भित्र्याउन अन्तरिक तयारी थालेका छन् । बेन्फिकाबाट लोनमा फ्रान्कफर्ट पुगेका जोभिचले जारि सिजन २६ खेलमा १७ गोल गरेका छन् । बुन्डेसलिगाको सर्वाधिक गोलकर्ताको सुचिमा उनी रोबेर्ट लेवान्डोस्कीभन्दा पछाडी दोस्रो स्थानमा छन् । […]

25 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब आइन्ट्रयाक्ट फ्रान्कफर्टबाट पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका सर्बियाका फरवार्ड लुका जोभिचलाई स्पेनका दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाले भित्र्याउन अन्तरिक तयारी थालेका छन् ।

बेन्फिकाबाट लोनमा फ्रान्कफर्ट पुगेका जोभिचले जारि सिजन २६ खेलमा १७ गोल गरेका छन् । बुन्डेसलिगाको सर्वाधिक गोलकर्ताको सुचिमा उनी रोबेर्ट लेवान्डोस्कीभन्दा पछाडी दोस्रो स्थानमा छन् । फ्रान्कफर्टले जोभिचलाई लोनमा ल्याउँदा गरेको सम्झौताअनुसार क्लबले उनलाई जम्मा ५.३ मिलियन पाउण्डमा अनुबन्धन गर्न पाउने प्रावधान छ ।

फ्रान्कफर्टले बेन्फिकाबाट उनलाई खरिद गरेर अन्य क्लबलाई बेच्न चाहे मोटो रकम फाइदा गर्न सक्ने देखिन्छ । युरोपका ठूला क्लबले उनलाई पछिल्लो समय पछ्याइरहेका छन् । रियल र बार्सिलोनाले भने एक कदम अगाडी बढ्दै उनलाई क्लबमा ल्याउन तयारी नै सुरु गरिसकेका छन् । २१ वर्षीय जोभिचको बजार मूल्य ५० मिलियन पाउण्डसम्म रहने बुझिएको छ ।

बार्सिलोनाले युरोपा लिगमा इन्टर मिलान र फ्रान्कफर्टको खेल हेर्न एरिक अबिडाल, पप सेगुरा र रामोस प्लेन्सलाई इटाली पठाएको थियो । उक्त खेलमा जोभिचले राम्रो प्रदर्शन गर्दै निर्णायक गोल गरेपछि बार्सिलोनाले प्रस्ताव राख्ने तयारी गरेको छ । यता रियल म्याड्रिडका व्यवस्थापक जोसे एन्जल स्यान्चेजले जोभिचका एजेन्टसँग प्रारम्भिक चरणको कुराकानी अगाडी बढाइसकेका छन् ।

विश्वकपअघि सर्बियाका लागि एकपटक मात्र खेलेका जोभिच विश्वकप खेल्ने अन्तिम टोलीमा परेका थिए । उनले मार्चमा पहिलो पटक सुरुवाती रोजाइमा पनि खेले । उक्त खेलमा जर्मनीविरुद्ध उनले गोल पनि गरे । सर्बियाका प्रशिक्षक म्लाडेन क्रास्टिचका अनुसार जोभिचले स्पेनिस क्लबहरुमा लुइस सुआरेज र करीम बेन्जेमाको स्थान लिन सक्छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.