default_image

5 years ago

April 14, 2019

फाइनलको लागी मोरङ र दार्जिलिङ तयार

दिपक बोहोरा, पाँचथर फिदिममा जारी वाइवाइ तेस्रो पाँचथर गोल्डकपको उपाधि भिड्न्तको लागी मोरङ र दार्जिलिङ तयार रहेकोे दुबै टिमका प्रशिक्षकहरुले बताएका छन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुवै प्रशिक्षकले आफ्नो टिम उपाधिको लागी तयार रहेको बताएका हुन् । चैत्र २३ गतेबाट सुरु भएको पाँचथर गोल्डकपको तेस्रो संस्करणको उपाधिको लागी मोरङको डागिहाट फुटबल क्लब […]

35 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

फिदिममा जारी वाइवाइ तेस्रो पाँचथर गोल्डकपको उपाधि भिड्न्तको लागी मोरङ र दार्जिलिङ तयार रहेकोे दुबै टिमका प्रशिक्षकहरुले बताएका छन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुवै प्रशिक्षकले आफ्नो टिम उपाधिको लागी तयार रहेको बताएका हुन् ।

चैत्र २३ गतेबाट सुरु भएको पाँचथर गोल्डकपको तेस्रो संस्करणको उपाधिको लागी मोरङको डागिहाट फुटबल क्लब र भारतको दार्जिलिङ युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । सोमबार फिदिम माविको खेल मैदानमा उपाधि भिडन्त हुनेछ । दार्जिलिङ सेमिफाइनलमा ए डिभिजन क्लब हिमालयल शेर्पालाइ हराउदै फाइनल प्रबेश गरेको हो । मोरङले सेमिफाइनलमा विजय युथ क्लब हेटौंडालाई हराउँदै फाइनल भेट पक्का गरेको थियो ।

पत्रकार भेटभाटमा मोरङ प्रशिक्षक याकुब राईले उपाधिको लागी पाँचथर आएको बताए । दार्जिलीङ पनि राम्रो टिम भए पनि आफ्नो टिममा अनुभविक खेलाडीहरु भएको हुदाँ उपाधि जित्ने बताए । ‘पाँचथरको दर्शक र मैदानको साथ मोरङ रहने हुदाँ हामीलाई उपाधि लक्ष्यमा सहज हुनेछ,’ राई भने । मोरङका कप्तान विक्रम लिम्बुले दार्जिलिङलाई रोक्न आफुहरुको मिडफिल्डरहरु बलियो भएकाले डराउनु पर्ने अवस्था नरहेको बताए ।

यता दार्जिललि प्रशिक्षक फिरोज शेपाले नेपालमा दार्जिलिङको टिम पहिलो पटक फाइनल पुगेकालृ पनि आफ्नो टिम उत्साहित रहेको बताए । आफुहरु अन्तीम समय समय उपाधिको लागी मैदानमा प्रतिस्पर्धा गर्ने बताए ।

प्रतियोगितामा आयोजक सहित दश टिमको सहभागीता रहेको थियो । गोल्डकपको विजेताले उपाधि सहित ४ लाख र उपविजेताले दुई लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछन् ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.