default_image

5 years ago

April 25, 2019

भ्यालेन्सियामाथि एट्लेटिकोको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । ला लिगा अन्तरगत बुधबार राति भएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटा, एन्टोइन ग्रिजमन र एन्जल कोरेराले गोल गरे । भ्यालेन्सियाका केभिन गेमेरियो र ड्यानियल पारेजोले गोल गरे । घरेलु मैदानमा निकै रोमाञ्चक बनेको खेलमा घरेल टोलीले अल्भेरो मोरटाको गोलबाट […]

15 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

ला लिगा अन्तरगत बुधबार राति भएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटा, एन्टोइन ग्रिजमन र एन्जल कोरेराले गोल गरे । भ्यालेन्सियाका केभिन गेमेरियो र ड्यानियल पारेजोले गोल गरे ।

घरेलु मैदानमा निकै रोमाञ्चक बनेको खेलमा घरेल टोलीले अल्भेरो मोरटाको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । ३६औं मिनेटमा केभिन गेमेरियोले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको शुरुमै एन्टोइन ग्रिजमनले गोल गरेपछि एट्लेटिकोले २–१ को अग्रता बनायो । ग्रिजमनले ४९औं मिनेटमा गोल गरेका थिए । ७७औं मिनेटमा ड्यानियलले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा एन्जल कोरेरो गोल गर्दै एट्लेटिकोलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै एट्लेटिकोले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ९ मा झारेको छ । यो जितले बार्सिलोना च्याम्पियन बन्न एक खेल कुर्नुपर्ने भएको छ ।

एट्लेटिको बराबरी वा पराजित भएको भए बार्सिलोना चार खेल अगावै ला लिगा च्याम्पियन बन्ने थियो । पराजित भ्यालेन्सिया ५२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.