default_image

7 years ago

April 30, 2019

हिगुआइनको कमजोर प्रदर्शन !

113 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका महान खेलाडी पाउल स्कल्सले उनको पूर्व क्लब युनाइटेडविरुद्ध चेल्सीका गोन्जालो हिगुआइको प्रदर्शनको आलोचना गरेका छन् । आइतबार युनाइटेडविरुद्धको हिगुइनको प्रदर्शनका बारेमा स्कल्सले भने , ‘खेल भर चेल्सीबाट १० खेलाडीले मात्र खेले जस्तो लाग्थ्यो ।’

चेल्सी आएयता नै हिगुआइन उच्च प्रदर्शनका लागि संघर्षरत छन् । जनवरीमा चेल्सी पुगेयता उनले १२ खेलमा ४ गोलमात्र गरेका छन् । प्रिमियर लिगको शीर्ष चारमा पर्ने बलियो सम्भावना बोकेपछि हिगुइन युनाइटेडविरुद्ध संघर्षरत रहे । युनाइटेडको डिफेन्सलाइन तोड्न असफल भएका हिगइन खेलमा ५ पटक अफसाइड भएका थिए ।

हिगुआइनका बारेमा स्कल्सले भने , ‘मलाई लाग्छ सेन्टर फरवार्ड उनका लागि समस्या हो । उनी युनाइटेडविरुद्धको खेलमा कमजोर रहे । टोली लगभग १० खेलाडी खेले जस्तो देखिन्थ्यो ।’ स्कल्सले अर्का फरवार्ड जिरुडलाई कम्तीमा २० मिनेट खेलाउने पर्ने तर्क गरेका छन् ।

‘तर, हिगुआइनलाई मात्र मौका दिइयो , उनले भने, तर त्यहि ठूलो समस्या रह्यो । त्यसले टोलीलाई नै समस्यामा पार्यो । ‘ स्कल्सले प्रिमियर लिग उपाधिका लागि चुनौति दिन भने चेल्सीमा केहि कमी रहेको बताएका छन् । उनीहरुको खेल हेर्दा आनन्द लाग्छ ।

‘ मलाई लाग्छ चेल्सीमा केहि राम्रा खेलाडी छन्,’ स्कल्सले भने, ‘तर उपाधिका लागि चुनौति दिन भने पुरा टोली छैन । मलाई लाग्छ दुई वा तीन राम्रा खेलाडीको त्यहाँ कमी छ ।’

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.