7 years ago
April 30, 2019
एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ ।

आज हुने सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम हस्टपरले नेदरल्यान्डको आयाक्सको आतिथ्यता गर्दैछ । खेल टोटेनहमको मैदानमा आज राति १२ः४५ बजेपछि हुनेछ । घरेलु टोली टोटेनहम पहिलो लेगमा आयाक्सलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा मैदान उत्रनेछ । टोटेनहमले क्वाटरफाइनलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो ।
टोटेनहमका लागि ह्यारी केन चोटका कारण उपलब्ध नहुने भएपनि डेल अली, फर्नान्डो लोरेन्टे, लुकास मौरा, एरिक डायर, क्रिस्टियन इरिक्सनजस्ता खेलाडीहरु याक्सविरुद्धको खेलमा उपलब्ध हुनेछन् । ह्युङ मिन सन पनि दोहोरो पहेंलो कार्डका कारण उपलब्ध छैनन् ।
टोटेनहमले आयाक्सविरुद्धको दुवै खेलमा सफलता हात पारेको छ । सोही नतिजालाई टोटेनहम निरन्तरता दिने लक्ष्यमा हुनेछ । १९८१–८२ मा भएको विनर्स कपको पहिलो राउन्डको दुवै लेगमा टोटेनहम विजयी भएको थियो । त्यसयता टोटेनहम र आयाक्स पहिलोपटक भिड्न लागेका हुन् ।
टोटेनहमले च्याम्पियन्स लिगमा घरेलु मैदानमा १० खेल खेल्दा दुई खेल मात्रै विपक्षीलाई सुम्पिएको छ । तर, रियल म्याड्रिड र युभेन्टसलाई पराजित गरेर सनसनी मच्चाएको आयाक्स घरेलु मैदानमा सतर्क भएर खेल्नेछ । पछिल्ला पाँच खेलमध्ये तीन खेलमा हार बेहोरेको टोटेनहम हारको पीडा भुलाउने योजना बुन्नेछ ।

यता, दुई शक्तिशाली टोली स्पेनिस रियल म्याड्रिड र इटालियन युभेन्टसको चुनौती पन्छाएर सेमिफाइनल यात्रा तय गरेको आयाक्स सोही प्रदर्शनलाई टोटेनहमविरुद्धको खेलमा निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । युवा खेलाडीको बाहुल्यता रहेको आयाक्स त्यही टोली हो जसले प्रि–क्वाटरफाइनलमा रियल म्याड्रिड र क्वाटरफाइनलमा युभेन्टसको चुनौती पन्छाएको थियो । आयाक्सको मख्य हतियार डुसान टाडिच, डेभिड नेरेस र हाकिम जिएक हुनेछ । उनीहरुलाई डोनी भान डि विक, माथिस डे लिग्ट, फ्रेन्की डि जोङले साथ दिनेछन् ।
पछिल्ला पाँच खेलमा अपराजित रहेको आयाक्स सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । आयाक्सले घरेलु मैदानमा भन्दा पनि अवे मैदानमा राम्रो नतिजा निकालिरहेको छ । आयाक्सले पछिल्लो तीन अव खेलमा जित हात पारेको थियो । दोस्रो लेग आयाक्सको मैदानमा ८ मेमा हुदैछ । अर्काे सेमिफाइनल बुधबार राति बार्सिलोना र लिभरपुलबीच हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]