7 years ago
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको अन्तर स्कुल स्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगितालाई चौधरीग्रुपले प्रायोजन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चौधरी ग्रुप र एन्फाबीच सम्झौंता भएको छ । सम्झौंता अनुसार चौधरी ग्रुपले एन्फालाई ५५ लाख रुपैंया प्रदान गर्ने छ । सम्झौंता पाँच वर्षको रहेको छ ।
हरेका वर्ष पाँच – पाँच लाख बढाउदै लगिने चौधरी ग्रुपमा म्यानेजर निर्वाना चौधरीले जानकारी दिए । एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, र चौधरी ग्रुपका उपाध्यक्ष जिपी शाहले सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् ।
५२ जिल्लाहरुमा स्कुल स्तरीय फुटबल प्रतियोगिता हुने छ । एन्फाका अनुसार देशभरका १५ सय स्कुलको सहभागिता रहने छ । १६ वर्ष भन्दा मुनिका खेलाडीले सहभागि हुन पाउने छन् । स्कुल स्तरिय फुटबल प्रतियोगिता आगमी जेठ दोस्रो साताबाट हुन सक्ने अध्यक्ष शेर्पाले जानकारी दिए । आधिकारीक मिती भने एन्फाले केहि दिनमै एक पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।
स्कुल स्तरिय फुटबलपछि छनौट भएका स्कुलहरुबीच प्रदेश स्तरिय फुटबल हुने छ । प्रदेशबाट छनोट भएका स्कुलहरुबीच राष्ट्रिय अन्तर स्कुल फुटबल प्रतियोगिता सञ्जालन हुने एन्फाले जनाएको छ ।
राष्ट्रिय अन्तर स्कुल फुटबल प्रतियोगिता १६ टोलीको सहभागिता रहने छ । (जिल्ला,प्रदेश र राष्ट्रिय स्तर) को कुल आयोजना गर्न १ करोड ५० लाख खर्च हुने अनुमान एन्फाको छ । जसमा नेपाल सरकारले ३० लाख रुपैंया सहयोग गर्ने छ ।
एन्फाले जिल्ला स्तरिय प्रतियोगितामा आफ्ना सदस्य बाहेक ४ नयाँ जिल्लालाई पनि यस प्रतियोगितामा सहभागिता गराउने छ । हस्ताक्षर पछि चौधरी ग्रुपका म्यानेजर निर्वाना चौधरीले आगमी पाँच वर्ष सम्म नेपाली फुटबलमा रहन पाउदा खुसि लागेको बताए ।
चौधरी ग्रुपलाई धन्यावद,हिजो सोचेको कुरा आज पुरा हुँदै छ । यो नगरे फुटबलको विकाश पनि हुन सक्दैन । नेपाली फुटबलमा नयाँ इतिहास सुरु भएको छ । म खुसि छु र चौधरी ग्रुपको प्रर्वद्धन गर्न म आजै देखी लाग्ने छु – शेर्पाले भने । एन्फाले ७७ जिल्लामा फुटबल खेलको विकाश साथै विस्तार गर्ने लक्ष्य राखेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]