default_image

7 years ago

April 30, 2019

सरस्वती रोज बहिनी चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा सरस्वतीले आयोजक दीपशखिा युवा समूहलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । सरस्वतीको जितमा सुजित बुढाथोकी र सन्जीव लामाले गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवातदेखि नै सरस्वतीले खेलमा पकड बनाएको थियो । तर, घरेलु टोलीविरुद्ध सरस्वतीले गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । ३६औं मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै सरस्वतीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले गोलरक्षक विष्णु केसीले फालेको लामो बललाई दिपेश श्रेष्ठले मिलाइदिएको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए ।

त्यसअघि ३५औं मिनेटमा घरेलु टोलीले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो । रिसो श्रेष्ठले डिफेन्डर बिट भइसकेको अवस्थामा गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा टाढाबाटै निकै फितलो प्रहार गरेका थिए । पहिलो गोल खाएलगत्तै घरेलु टोलीले बराबरी मौका खेर फाले । अचल खत्रीको प्रहारलाई गोलरक्षकले विफल पारिदिए ।

खेलको पाँचौ मिनेटमा सरस्वतीका रमेश घिसिङको प्रहार दीपशिखाका गोलरक्षक निशान थापामगरले मुस्किलले बचाएका थिए । १२औं मिनेटमा सुजित बुढाथोकीको प्रहार पोस्टबाट थोरै बाहिरिदा सरवती अग्रता लिनबाट चुकेको थियो ।

१४औं मिनेटमा सुजितले नै गोलको मौका खेर फाले । लगत्तै कप्तान राजकुमार घिसिङको प्रहार आकासिएको थियो । २२औं मिनेटमा दीपशिखाका दिनेश खड्कीको बक्स बाहिरको प्रहार दोस्रो बारको टप कर्नरबाट थोरै माथिबाट जादा घरेलु टोलीले अग्रता लिने अवसर गुमायो ।

४९औं मिनेटमा दिपेश श्रेष्ठको प्रहार गोलरक्षक निशानले अघि बढेर मुस्किलले बचाउदा रिवाउनडमा सुजितको प्रहार क्रसबारमा लागेर फर्कदा सरस्वतीले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । ७७औं मिनेटा सन्जीव लामाले गोल गर्दै सरस्वतीलाई २–० को जित दिलाए । दोस्रो हाफमा सरस्वतीलाई दवावमा राखेपनि घरेलु टोली फिनिसिङमा लगतार चुक्दा पराजित हुन पुग्यो ।

सरस्वतीका सुजित बुढाथोकी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए । दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा बुधबार अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडबीच खेल हुनेछ । खेल दिनको ठीक ३ बजे हुनेछ ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.