default_image

7 years ago

April 30, 2019

अनन्तको गोलसँगै रुस्लान थ्रीस्टार सेमीफाइलनमा

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टार क्लब माईभ्याली फुटबल क्लबलाई पराजित गर्दै मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारको १-० को जितमा डिफेन्डर अनन्त तामाङले निर्णायक गोल गरे । खेलको ४१ औ मिनेटमा उनले गोल गरेका थिए । शुशिल राईको प्रहार माईभ्यालीका गोलरक्षक सोजित गुरुङबाट रिवाउन्डमा आएपछि अनन्तले गोल गरेका थिए । फाइनल प्रवेशका लागी थ्रीस्टारले अब विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १७ औँ मिनेटमा माइभ्यालीका स्ट्राइकर राजिव लोप्चनको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो । ३० औं मिनेटमा कप्तान मनिष थापाको क्रसमा टु भर्सेस वानको अवस्थामा लोप्चनले पोष्टको दिशा दिन सकेनन् । ३४ औँ मिनेटमा सुशिल यादवको क्रसमा लोप्चनले अर्काे मौकालाई खेर फाले । ४५ औँ मिनेटमा थ्रीस्टारका कप्तान विक्रम लामालाई फाउल हानेपछि माईभ्यालीका कप्तान मनिष थापाले पहेँलो कार्ड पाए । खेलको २२ औँ मिनेटमा थ्रीस्टारका सुनिल बलको क्रसमा एलोन म्याक्सवेलको प्रहार आकासियो । पहिलो हाफभरी माईभ्यालीले थ्रीस्टारलाई पूर्ण रुपमा दवावमा राख्यो । अधिकांश पोष्ट केन्द्रीत आक्रमण गरे पनि स्कोर गर्न सकेन ।

खेलको दोस्रो हाफको पहिलो मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी एलोन म्याक्सवेलको प्रहारले पनि जाली चुम्न सकेन । ८ औँ मिनेटमा मनसा वेभागुइको प्रहार पनि पोष्ट माथिबाट बाहिरियो । खेलको २९ औँ मिनेटमा थ्रीस्टारका रुपेश केसीको क्रसमा सुशिल राईको हेडरले समेत पोष्टको गन्तव्य पुरा गर्न सकेन ।

दोस्रो हाफमा लयमा फर्किएको थ्रीस्टारले अनन्तको गोलले सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच थ्रीस्टारका सुशिल राई भए ।

बुधवारको पहिलो सेमीफाइनल खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले सीएमजी संकटाको सामान गर्नेछ । पुलिस पारो एफसीमाथि ३–० को सहज जीत निकाल्दै सेमीफाइनल पुगेको थियो । यता संकटाले आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४–१ को गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान पक्का गरेको थियो । २१ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख १ हजार तथा उपविजेता टिमले नगद ५ लाख १ हजार पाउने छन ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.