7 years ago
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ ।

नेपाल मंगलबार आयोजक म्यानमारसँग २-१ ले पराजित भएपछि अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । म्यानमारस्थित मन्डलाथिरि रंगशालामा नेपालले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । नेपालका लागि मनीषा राउतले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले २ गोल खाएको थियो । नेपालका लागि नियमित फरवार्ड रेखा पौडेल चोटका कारण उपस्थित थिइनन् । नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ र उज्बेकिस्तानसँग ४-० को हार बेहोरेको थियो ।
समूह ए कै मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियाले उज्बेकिस्तानलाई ४-१ ले पराजित गर्दै समूह विजेता बन्दै अन्तिम चरणमा स्थान पक्का गरेको थियो । यस समूहबाट म्यानमार उपविजेताका रुपमा अन्तिम चरणमा प्रवेश गरेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]