default_image

5 years ago

April 30, 2019

आरसिटीका प्रशिक्षक कपालीको निधन

काठमाडौं (हाम्रो खेलकुद)– रानीपोखरी कर्नर टिम (आरसिटी) का प्रशिक्षक वैजु कपालीको मंगलबार निधन भएको छ । ९ दिन अघि ग्रान्डी अस्पतालमा ब्रेन ह्यामरेजको शल्यक्रिया गराएका ६८ वर्षे कपालीको स्वास्थ्य अवस्था थप कमजोर भएपछि मंगलबार मृत्यु भएको हो । शल्यक्रियापछि उनको किड्नीमा पनि समस्या देखिएको र पछिल्लो समयमा निमोनिया भएको जानकारी दिएको क्लबका पूर्व अध्यक्ष विजयनारायण […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रानीपोखरी कर्नर टिम (आरसिटी) का प्रशिक्षक वैजु कपालीको मंगलबार निधन भएको छ । ९ दिन अघि ग्रान्डी अस्पतालमा ब्रेन ह्यामरेजको शल्यक्रिया गराएका ६८ वर्षे कपालीको स्वास्थ्य अवस्था थप कमजोर भएपछि मंगलबार मृत्यु भएको हो ।

शल्यक्रियापछि उनको किड्नीमा पनि समस्या देखिएको र पछिल्लो समयमा निमोनिया भएको जानकारी दिएको क्लबका पूर्व अध्यक्ष विजयनारायण मानन्धरले बताए । क्लबका पूर्व खेलाडी समेत रहेका कपाली कुनै बेला क्लबको सचिव पनि थिए ।

कपालीकै प्रशिक्षणमा आरसीटीले गत फाल्गुनमा सम्पन्न सहिद स्मारक बी डिभिजन लिगको उपाधि जितेको थियो । उनी लिगका उत्कृष्ट प्रशिक्षक पनि घोषित भएका थिए । तर एन्फाले रेलिगेसन बिनाको लिग गरेपछि उनले आरसीटीलाई शीर्ष डिभिजनमा फर्काउने लक्ष्य पूरा गर्न सकेनन् ।

‘ खेलाडीदेखि सचिव प्रशिक्षक हुँदै लगातार क्लबमा उहाँ आबद्ध हुनुहुन्थ्यो,’ पूव अध्यक्ष मानन्धरले भने, ‘उहाँको निधनले क्लबले एउटा सच्चा सिपाहीलाई गुमाएको छ ।’ कपालीका आजै अन्तिम संस्कार गरिएको छ । उनका श्रीमती दुई छोरी र एक छोरा छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.