default_image

7 years ago

April 30, 2019

नेपाल आइस बीबीसी कपमा ३६ टोली

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काभ्रेको बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा शुक्रबार सुरु हुने नेपाल आइस बीबीसी कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगितामा ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सिजी ब्रुअरीको उत्पादन नेपाल आइसको मुख्य प्रायोजन रहेको प्रतियोगिताका लागि आयोजक क्लबले मंगलबार खेल तालिका सार्वजनिक गरेको थियो । काभ्रेमा फुटबललाई अझै लोकप्रिय र स्थानिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको क्लबले जनाएको छ
। नकआउटका आधारमा हुने प्रतियोगिता बनेपा बहु प्राविधिक शिक्षालयको मैदानमा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुनेले १ लाख रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वात्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्ड, सर्वाधक गोलकर्ता र प्रशिक्षकले जनही ५ हजार पाउनेछन् । अनुशाषित टोलीले १० हजार रुपैया तथा हरेक खेलको म्यान अफ दि म्याचले जनही २ हजार पाउनेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.