default_image

7 years ago

May 1, 2019

लिभरपुल स्तरिय र मानसिक रुपमा मजबुत – काउटिन्हो

110 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका फरवार्ड फिलिप्पे काउटिन्होले लिभरपुल उनीहरुको फरवार्ड मोहम्मद सलाह, साडियो माने र रोर्बेटो फेर्मिनोको कारण मात्र नभई पुरा टोलीनै बलियो रहेकोले सचेत हुनु पर्ने बताएका छन् ।

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगका लागि लिभरपुल बुधबार बार्सिलोनाको क्याम्प नोउ पुग्दैछ । लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यसहित लिभरपुल बार्सिलोनाविरुद्ध उत्रनेछ । यद्दपी बार्सिलोनाका कप्तान समेत रहेका लियोनल मेसीलाई रोक्नु लिभरपुलका लागि पनि मुख्य चुनौति हुनेछ । मेसी यो सिजन निकै फर्ममा रहेका छन् ।

लिभरपुलमा ५ वर्ष बिताएका कोउटिन्होले पूर्व क्लब स्तरिय र मानसिक रुपमा निकै मजबुत रहेको बताएका छन् । ‘लिभरपुल साच्चै उत्कृष्ट टोली हो । मानसिक रुपमा पनि निकै बलियो छ,’ उनले भने, ‘मैले पुरा सिजन उनीहरुको खेल हरेको छु । फरवार्ड र डिफेन्समा पनि उनीहरु सशक्त छन् । हामीले उनीहरुसँग सचेत भएर खेल्नु पर्दछ ।’

लिभरपुलको तारिफमा काउटिन्हो त्यतिमा रोकिएनन् । ‘टोलीमा तीन फरवार्ड मात्र होइन, डिफेन्स र मिडफिल्डमा पनि त्यत्तिकै स्तरिय खेलाडी छन् । उनीहरुका गोलका लागि निकै मेहेनत गर्छन,’ उनले थपे, ‘हामी पुरा टोलीसँग सचेत भएर खेल्नु पर्दछ र हामीले पछिल्लो समय जस्तो प्रदर्शन गर्दै आएका छौं त्यसलाई निरन्तरता दिनुपर्दछ । ‘

अर्कोतर्फ लिभरपुल प्रिमियर लिग उपाधिका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धामा छ । अन्तिम दुई खेल बाँकी रहँदा साविक विजेता सिटी र लिभरपुलबीच १ अंकको फरक छ । उपाधि खडेरीलाई तोड्नका लागि लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा उच्च प्रदर्शनको प्रयास पक्कै गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.