7 years ago
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप २०१९ को तेस्रो चरणको खेलमा नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले घरेलु टोली तथा भारतीय आइ लिग च्याम्पियन मिनेर्भा पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ ।

मनाङ र मिर्नेभाबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेपछि हुनेछ । खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ ।
समूह ‘ई’ मा मनाङ र पन्जाब दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । मनाङले सुरुवाती दुवै खेल गुमाएको छ । मनाङ घरेलु मैदानमा भएको पहिलो खेलमा बंगलादेहको अवहानी लिमिटेडसँग १–० ले तथा भारतको चेन्नइयिन फुटबल क्लबसँग २–० ले पराजित भएको थियो । मिर्नेभा पन्जाब अपराजित रहेपनि पहिलो जितको खोजीमा हुनेछ ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भारतीय क्लबविरुद्ध स्पष्ट जितको लक्ष्यसहित दबाबमुक्त रुपमा मैदान उत्रने बताएका छन् ।
‘हामीलाई मुख्य चुनौती गर्मी हो । हामी मौसमसँग घुलमिल हुने प्रयासमा छौं । हामीले सुरुवाती दुवै खेल गुमाएपनि टिमलाई कुनै प्रेसर छैन । मिर्नेभाविरुद्ध दवावमुक्त भएर खेल्नेछौं ’ प्रि म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक लोप्साङले भने, ‘एएफसी कप अघिबाट मैले टिम हेर्न थालेको हो । मैले केही खेलाडीहरु परिवर्तन गरेको छु । टिम सन्तुलित बनेको छ ।’
कप्तान विराज महर्जनले भारतीय फुटबलसँग जानकार रहेकाले खेल्न खासै गाह्रो नहुने बताए । मिर्नेभाविरुद्ध तीन अंकका लागि खेल्नै बताउदै कप्तान महर्जनले आफ्नो सहयात्री खेलाडी एडिलाजा सोमिडेविपक्षी टोलीविरुद्ध जानकार भएकाले त्यसको फाइदा उठाउने बताए ।
मिर्नेभाका प्रशिक्षक सचिन बाडादेले अघिल्लो चरण प्रवेशको लागि सहज बनाउन मनाङविरुद्ध ३ अंकको लागि खेल्ने बताए । उनले मौसम आफु अनुकुल रहेको र मौसमको फाइदा उठाउने बताए ।
समूह ‘ई’मा चेन्नइयिन ४ अंकसहित शीर्ष स्थानमा तथा समान ४ अंक नै रहेपनि अबहानी दोस्रो स्थानमा रहेको छ । मिर्नेभा २ अंकसहित तेस्रो स्थानमा छ । मनाङ अंकबिहीन पुछारमा रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]