default_image

7 years ago

May 1, 2019

बार्सिलोनालाई लिभरपुलको चुनौती – कसले मार्ला बाजी ?

169 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोनाले साविकको उपविजेता तथा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ ।

च्याम्पियन्स लिग अन्तरगतको सेमिफाइनलको पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुन लागेको हो । खेल राति १२ः४५ बजे सुरु हुनेछ । बार्सिलोना र लिभरपुलको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

घरेलु टोली बार्सिलोना लिभरपुललाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ । घरेलु टोली बार्सिलोना आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीको कप्तानीमा लिभरपुलविरुद्ध मैदान उत्रनेछ ।

लुइस सुआरेज र फिलिपे कौटिन्हो आफ्नो पुर्व क्लब लिभरपुलविरुद्ध मैदान उत्रने पक्का छ । सुआरेज र कौटिन्होले लिभरपुललमा निकै राम्रो प्रदर्शन गरेको थिए । मेस्सी, सुआरेज र कौटिन्हो नै लिभरपुलविरुद्धको खेलमा बार्सिलोनाको मुख्य हतियार हुनेछन् । उनीहरुलाई इभान राकिटिच, आर्थर र सर्जियो बुस्केट्सले साथ दिनेछन् ।

इंग्लिस क्लबविरुद्ध घरेलु मैदानमा बार्सिलोनाले पछिल्लो १० वर्षमा च्याम्पियन्स लिगमा हार बेहोरेको छैन । यसअघिका सबै २७ भेटमा बार्सिलोना विजयी भएको छ । यही जितलाई बार्सिलोना निरन्तरता दिने योजनामा हुनेछ । च्याम्पियन्स लिगमा घरेलु मैदानमा बार्सिलोना ३१ खेलमा अपराजित छ । जसमा २८ जित र ३ बराबरीको नतिजा छ ।

यता, गतवर्षको उपविजेता लिभरपुल बार्सिलोनालाई स्तब्ध बनाउदै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदै घरेलु मैदानमा हुने दोस्रो लेगलाई सहज बनाउने लक्ष्यमा मैदान उत्रनेछ । यो सिजन निकै नै उच्च प्रदर्शन गरेको लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने र रोवर्टाे फिर्मिनो जस्ता स्तरीय खेलाडीको साथ छ । उनीहलाई जिओरजिनियो वाईनाल्डम, जोर्डन हेन्डरसन, फाविन्हो, एन्डी रोबर्टसन र भर्जिल भान डाइकले साथ दिनेछन् ।

लिभरपुल बार्सिलोनाविरुद्धको पछिल्लो चार भेटमा अपरजित छ । जसमा समान २ जित र बराबरीको नतिजा छ । बार्सिलोनाले पछिल्ला ५ मध्ये चार खेलमा जित तथा एक खेल बराबरी खेलेको छ । लिभरपुल सबै ५ खेलमा जित निकाल्न सफल भएको छ । त्यसैले यि दुई टोलीको खेल निकै रोचक हुने अनुमान गरिएको छ । दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा ८ मे मा हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.