7 years ago
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) — अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष मणी कुँवरलाई हटाउन गरेको लिखित प्रस्तावलाई साफ कंग्रेसले अस्वीकृत गरेको छ ।

सुरक्षाका कारण श्रीलंकाबाट काठमाडौं सारिएको कंग्रेसमा एन्फाले कुँवरको काम गर्ने शैलीमा गम्भिर असन्तुष्टी रहेको भन्दै साफ कार्यसमितिबाट हटाउन र त्यसमा एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राख्न लिखित प्रस्ताव पेश गरेको थियो । दुई दिन चलेको कंग्रेस मंगलबार सकिएको थियो ।
त्यस्तै एन्फाले साफको विधान संसोधनका लागि पनि दुई प्रस्ताव राखेको थियो । तर, एन्फाले प्रस्तुत गरेका कुनै पनि विषयमा छलफल नभएको एन्फा महासचिव इन्द्रमान तुलाधारले बताए ।
एन्फाले साफका पदाधिकारीलाई सम्बन्धित देशको फुटबल संघले चाहेको खण्डमा फिर्ता बनाउन सक्ने गरि संंसोधनको लागि प्रस्ताव गरेको थियो । त्यस्तै साफ पदाधिकारीलाई अविश्वासको प्रस्ताव राख्न पाउनुपर्ने र कंग्रेसको दुईतिहाइले अनुमोदन गर्न सक्ने प्रस्ताव अगाडी सारेको थियो । दुवै प्रस्तावलाई छलफलमा नराखिएको तुलाधरले बताए ।
साफ उपाध्यक्ष कुँवरका अनुसार साफले विश्व फुटबल महासंघ र एसियाली फुटबल महासंघको विधानअनुसार काम गर्ने भएकाले एन्फाको सबै प्रस्ताव अस्वीकृत भएको हो । एक पटक निर्वाचित भएको व्यक्ति कार्यकाल समाप्त नहुँदा सम्म यथावत रहने प्रवधान रहेकाले एन्फा प्रस्तावलाई अस्वीकार गरेको कुँवरले बताए ।
‘फिफा, एएफसीकै विधानमा अध्यक्ष, उपाध्यक्षलाई फिर्ता बोलाउन पाइँदैन, पदाधिकारीमा निर्वाचित भएपछि सम्बन्धित देशको फुटबल संघमा नरहे पनि कार्यकाल पूरा गर्न पाउने उल्लेख छ , उनले भने,‘ साफको साधारणसभाले यही विधानमा आधारित रहेर एन्फाको प्रस्तावबारे छलफल नै भएन ।’
अर्कोतर्फ कंग्रेसमा सहभागी तुलाधरले फिफा र एएफसीको विधानमा अविश्वासको प्रस्तावको प्रावधान रहेकोले साफको विधानमा पनि त्यस्तै प्रावधान राख्नका लागि एन्फाले प्रस्ताव गरेको बताएका छन् । ‘प्रजातान्त्रिक प्रक्रिया अनुसार अविश्वासको प्रस्ताव राख्न पाउनुपर्छ भन्ने हो,’ उनले भने,‘ त्यो प्रस्ताव कुनै व्यक्ति विशेषका लागि होइन ।’
१३ महिना अघि एन्फाको तत्कालिन वरिष्ठ उपाध्यक्ष रहँदा कुँवर साफको उपाध्यक्षमा निर्वाचित भएका थिए । गत वैशाख २२ गतेको एन्फा निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएर पनि कुँवरले साधारण सभा वहिष्कार गरेका थिए । त्यहि साधारण सभाले अध्यक्षमा शेर्पा र उनको समूह निर्वाचित गरेको थियो ।
कंग्रेसले साफ कार्यसमितिले प्रस्ताव गरेको वार्षिक बजेटका सार्थ उमेर समूहका तीन प्रतियोगिताको आयोजक देश र मिति तय गरेको छ । जसमा नेपालले सेप्टेम्बर २० देखि २९ सम्म पुरुष साफ यू १८ च्याम्पियनसिप आयोजना गर्नेछ । भारतले अगस्ट २२ देखि ३१ सम्म पुरुष साफ यू-१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको छ । त्यस्तै भुटान र बंगलादेशमध्ये एकले अक्टोबर ९ देखि १८ सम्म महिला साफ यू-१८ च्याम्पियनसिप आयोजना गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]