default_image

7 years ago

May 1, 2019

च्यासल चन्द्रागिरी गोल्डकपको अन्तिम चारमा

140 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)-‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

च्यासलको जितमा दुवै गोल मिलन राईले गरे । ‘ए’ डिभिजन क्लब च्यासलले वीरगन्जाथि सुरुवात देखि नै आक्रमण बुनेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४५औं मिनेटमा मिलन राईले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए ।

विदेशी खेलाडी जुनियरको पासमा अनमार्क रहेका मिलनले सहजै गोल गरेका थिए । ७४औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई २–० को जित दिलाए । त्यसअघि खेलरभर नै वीरगन्जलाई दवावमा राखेको च्यासलले खेलको १२औं मिनेटमा आक्रमण बुनेका थियो । छिरिङ गुरुङको क्रसमा अर्मान्डले बक्सभित्र पाएको अवसरलाई नियन्त्रणमा लिन नसक्दा अग्रता लिने सुन्दर मौका खेर फाल्यो ।

१४औं मिनेटमा कप्तान अमिर श्रेष्ठको प्रहार पोस्टबाट बाहिरियो । लगत्तै छिरिङको शक्तिशाली प्रहार पोस्टबाट थोरै बाहिरिदा च्यासल अग्रता लिनबाट चुक्यो । १६औं मिनेटमा अर्मान्डको अर्काे मौका खेर फाल्यो ।२३औं मिनेटमा नियाको प्रहारले पोस्टको गति लिन सकेन । ४०औं मिनेटमा कप्तान अमिर श्रेष्ठको क्रसमा अर्मान्डको बक्सभित्रको हेडरले पोस्टको दिशा लिन सकेन ।

५३औं मिनेटमा अमिरको वान टच प्रहार पोस्टबाट थोरै बाहिरियो । ५४औं मिनेटमा नियाको पासमा अर्मान्डले खाली पोस्टमा गोल गर्न सकेन । ५५औं मिनेटमा अमिरको पासमा अमिरको हेडर पोस्टबाट थोरै बाहिरियो । खेलभर नै दवाव झेलेको वीगन्जले पहिलो हाफमा एकमात्र मौका सिजर्न गरेको थियो ।

सविर चौधरीको कर्नरमा सन्जय चौधरीको हेडर पोस्टबाट थोरै बाहिरिदा खेलमा अग्रता लिने मौका गुमाएको थियो । त्यसबाहेक वीरगन्जले खेल भर कुनै उल्लेख्य मुभ बनाउन सकेन । दुई गोल गरेका च्यासलका मिलन राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ५ हजार रुपैया पाए ।

यससँगै दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा जावलाखेल र सरस्वती युवा क्लब तथा नेपाल एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल बिहीबार जावलाखेल युथ क्लब र सरस्वती युवा क्लबबीच खेल हुनेछ । खेल ३ बजेपछि नैकाप फुटबल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.