7 years ago
May 1, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोना र लिभरपुल सेमिफाइनलको पहिलो लेगमा आमने-सामने हुँदैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा घरेलु टोलीबाट दुई खेलाडी आफ्नो पूर्वक्लब विरुद्ध उत्रँदैछन् ।

आफ्नो करिअरको मुख्य विकासोन्मुख क्षण लिभरपुलमा बिताएका फरवार्ड लुइस सुआरेज र मिडफिल्डर फिलिपे कोउटिन्हो हाल बार्सिलोनाबाट खेलिरहेका छन् । सुआरेज सन् २०११ मे लिभरपुल आएका थिए । फर्नान्डो टोरेस चेल्सी लागेपछि लिभरपुल आएका सुआरेजले सन् २०१३/१४ सिजनको युरोपेली गोल्डेन बुट अवार्ड पनि जितेका थिए । त्यस सिजन सुआरेज र रोनाल्डोले समान गोल गरेका थिए ।
लगातार राम्रो प्रदर्शन गर्दै आएका सुआरेजलाई युरोपका ठूला क्लबले अनुबन्धन गर्ने प्रस्ताव राखेका थिए । सन् २०१४ मा बार्सिलोनाले ८२ मिलियन युरो खर्चेर सुआरेजलाई भित्र्याएको थियो । उनले त्यसयता लगातार बार्सिलोनाको लागि पनि उच्च प्रदर्शन गर्दै आएका छन् र उपाधि पनि हासिल गरेका छन् ।
इन्टर मिलानमा प्रभाव जमाउन नसकेपछि लिभरपुल आएका ब्राजिलियन मिडफिल्डर कोउटिन्होले छोटो समयमै लिभरपुलमा आफ्नो उच्च प्रदर्शन देखाए । झन्डै साढें ५ वर्ष समय लिभरपुलमा बिताएका कोउटिन्होलाई भित्र्याउन बार्सिलोनाले १ सय ६० मिलियन युरो खर्चेको थियो । बार्सिलोनामा कोउटिन्होले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । कोउटिन्होले क्लब छाड्ने समयमा पनि लिभरपुल समर्थक उनीप्रति रुष्ट देखिएका थिए ।
सेमिफाइनल चरणका दुई लेगमा १ सय ८० मिनेटमा मैदानमा रहँदा दुवै खेलाडीबाट आफ्नो पूर्वटोलीसँगको मनोभावना बिर्सेर उच्च प्रदर्शन गर्ने प्रयास हुनेछ । पछिल्लो सिजन फाइनल पुगेको लिभरपुललाई यसपटक सेमिफाइनलमा रोक्ने प्रयासमा दुई पूर्व खेलाडी लाग्नेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]