default_image

7 years ago

May 1, 2019

टाइब्रेकरमा पुलिसको भाग्य, गोलकिपर रोशन नायक

200 views

0 Bookmark

झापा (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटालाई टाइब्रेकरमा हराउँदै नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनल पुगेको छ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिस ४–३ ले विजयी भएको थियो ।

फाइल तस्बिर

टाइब्रेकरमा पुलिसका परिवर्तित गोलकिपर रोशन खड्का नायक बने । उनले संकताका दुई पेनाल्टी रोके । टाइब्रेकरमा पुलिसका लागि अजित भण्डारी, भरत शाह, तीर्थबहादुर राना र हरि कठायतले गोल गरे । सुमन लामाको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके ।
संकटाका अमित तामाङ, टम्पी अर्नेस्ट , दिपेश आले मगरले मात्र गोल गरे । रोमन लिम्बू र लक्ष्मण रुचालको प्रहारलाई गोलकिपर रोशनले रोके ।

मानबहादुर तामाङको गोलबाट पुलिसले अग्रता लिएको थियो । ७२ औं मिनेटमा संकटाका गोलरक्षक राजाबाबु थापाबाट रिबाउण्ड भएको बललाई उनले गोलमा परिणत गरेका थिए । पुलिस अन्तिम तीन मिनेट सम्हालिन नसक्दा खेल टाइब्रकरमा पुगेको थियो । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा संकटाका फोफोना फोडेले हेडरबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

खेलमा दुवै टोलीले केहि अवसर पाएरपनि सदुपयोग गर्न सकेनन् । पाँचौं मिनेटमा संकटाका सुबास गुरुङले पाएको पहिलो अवसर गोलपोष्ट नजिकबाट बाहिरियो । १७ औँ मिनेटमा विदेशी खेलाडी इकेने क्रिशियनको बाइसाइकल किक पोष्ट माथिबाट बाहिरियो ।
४१ औँ मिनेटमा फोफोना फोडेको हेडर गोलरक्षक शत्रुधन चौधरीको हातबाट फुत्किएको बललाई क्रिसियनले सदुपयोग गर्न सकेनन् ।

खेलको १९ औँ मिनेटमा संकटाका गोलरक्षक राजाबाबु थापाको हातबाट फुत्किएको बललाई पुलिसका सुमन लामा सदुपयोग गर्न सकेनन् । २१ औँ मिनेट प्रहरीका रवि पासवानको क्रस रेजिन सुब्बाले भेटन नसक्दा अग्रता बनाउने मौका गुमायो ।

२५ औँ मिनेटमा रेजिनको प्रहार संकटाका गोलरक्षकले मुस्किलले बचाए । ५९ औ मिनेटमा रविको प्रहार संकटाका गोलरक्षक राजाबाबुले पञ्च गरेर बाहिर पठाइदिए । ६० औँ मिनेटमा सुमन लामालाई फाउल हानेपछि संकटाका क्रिसियनले पहेँलो कार्ड पाए । ७९ औ मिनेटमा संकटाका दिपेश आले मगरले पहेलो कार्ड पाए ।

पुलिसका मानबहादुर परियार खेलको म्यान अफ दि म्याच चुनिदै नगद ११ हजार प्राप्त गरे । बिहीबार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.