7 years ago
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह ‘ई’ को सिग्नेचर मनाङ मर्स्याङदी क्लबले पहिलो अंक जोडेको छ । बुधबार भएको समूहको तेस्रो खेलमा मिनेर्भा पन्जाबलाई २-२ को बराबरीमा रोक्दै मनाङले अंकको खाता खोलेको हो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो हाफको खेलमा मनाङ १-० ले पछाडी रहेको मनाङले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । तर खेलको ५ मिनेट समय बाँकी छँदा मिनेर्भाले पेनाल्टीमा अग्रता लिँदै खेलमा पुन: अग्रता बनायो । अन्तिम समयमा गोल फर्काउँदै मनाङले मिनेर्भालाई जितबाट बन्चित गर्यो ।
खेलको आठौं मिनेटमा श्रेयसको गोलमा मिनेर्भाले अग्रता लिएको थियो । मनाङका डिफेन्सले पेनाल्टी क्षेत्रभित्र बललाई क्लियर गर्न खोजेको बल श्रेयसलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको ३४ औं मिनेटमा मनाङले खेल बराबरी गर्ने अवसर पनि पाएको थियो । पेनाल्टीमा मनाङका सुजल श्रेष्ठको प्रहार गोलरक्षक अर्शदिप सिंहले बचाएपछि मिनेर्भाले अग्रता जोगाएको थियो ।
दोस्रो हाफको ६८ औं मिनेटमा मनाङले खेल बराबरीमा ल्यायो । कमल श्रेष्ठको लो क्रसमा अभिषेक रिजालले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट टर्नमा प्रहार गरेको सट गोलमा परिणत भएको थियो । ८५ औं मिनेटमा मिनेर्भाका नुरेन करीमले पेनाल्टीमा गोल गर्दै मिनेर्भालाई खेलमा अग्रता दिलाए ।
तर नियमित समयको अन्तिम मिनेटमा आडीलेजे सोमिडेले मनाङका लागि बराबरी गोल फर्काए । उनले कमल श्रेष्ठको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।
यस बराबरीसँगै मनाङले एएफसी कपको ३ खेलमा १ बराबरी र २ हारसँगै १ अंक जोडेको छ । समूहमा चेन्नईयन ३ खेलमा ७ अंकसाथ शीर्ष स्थानमा छ भने अबहानी ४ अंक जोड्दै दोस्रोमा छ । सबै तीन खेल बराबरी खेलेको मिनेर्भा तेस्रो स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]