7 years ago
May 1, 2019
एजेन्सी – प्रशिक्षण दौरान एक्कासी हर्ट अट्याक भएपछि विश्व विजेता तथा स्पेनिस गोलरक्षक इकर कासियसलाई अस्पताल भर्ना गरिएको छ ।

पोर्चुगिज क्लब पोर्टाेको प्रशिक्षण दौरान ३७ वर्षीय कासियासलाई एक्कासी हर्ट अट्याक भएलगत्तै अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

पोर्टाेले शनिबार पोर्चुगिज लिग खेल्ने तयारीमा रहेको थियो । पोर्चुगिज क्लब पोर्टाेले कासियस हर्ट अट्याक भएको पुष्टि गर्दै उपचार भइरहेको बताएको छ । अहिल उनको स्थिर अवस्था छ ।

स्पेनिस क्लब रियल म्याड्रिडमा १६ वर्ष विताएका कासियस २०१५ मा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए । कासियस स्पेनले २०१० को विश्वकप, २००८ र २०१२ को युरोकप जित्दाको मुख्य खेलाडी थिए । सर्वाधिक सफल गोलरक्षकको रुपमा चिनिएका कासियसलाई विश्वभरका फुटबल क्लब र समर्थकहरुले शिघ्र स्वाथ्य लाभको कामना गरेका छन् ।

पोर्टाेले सामाजिक सन्जाल ट्वीटरमा कासियासको चिन्ताजनक खबरलाई पुष्टि गर्दै ‘हामी सँगै छौं । बलियो इकर’ भन्दै उनको तस्वीरलाई समर्थको माझ प्रस्तुत गरेका छन् ।

३७ वर्षीय गोलरक्षक कासियसले १९९९ देखि २०१५ सम्म रियलबाट खेलेका थिए । त्यसयता उनी पोर्चुगिज क्लब पोर्टाेबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । उनले क्लबबाट ८८१ खेल र १६७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । समग्रमा उनले १०४८ खेल खेलेका छन् ।
कासियासले एक विश्वकप र दुई युरोकप जितेका छन् । यस्तै तीन पटक च्याम्पियन्स लिग, ५ स्पेनिस ला लिगा, दुई कोपा डेल रे, दुई क्लब विश्वकप र एकपटक पोर्चुगिज लिग जितेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]