default_image

7 years ago

May 2, 2019

बार्सिलोनामा मेस्सीको ६००औं गोल पुरा

164 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले क्याटलान क्लब बार्सिलोनाको लागि ६००औं गोलको कोसेढुङ्गा पार गरेका छन् ।

बुधबार राति भएको च्याम्पियनस लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३–० को जित निकालेको खेलमा दुई गोल गरेसँगै मेस्सीले बार्सिलोनाका लागि ६००औं गोलको आँकडा पार गरेका हुन् ।

मेस्सीले १४ वर्षअघि अर्थात सन् २००५ मा स्पेनिस ला लिगामा अल्वासेटविरुद्ध खेल्दै बार्सिलोनाको लागि पहिलो गोल गरेका थिए । मेस्सीले स्पेनिस ला लिगामा ४१७, कोपा डेल रेमा ५० र च्याम्पियन्स लिगमा ११२ गोल गरेका छन् । अन्य विविध प्रतियोगितामा २१ गोलसहित ६००औं गोल पुरा गरेका हुन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.