default_image

7 years ago

May 2, 2019

सरस्वती चन्द्रागिरी गोल्डकपको फाइनलमा

127 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्धन्द्धी ग्रान्डमास्टर जावलाखेललाई पराजित गर्दै सरस्वती युवा क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सरस्वतीले जावलाखेलमाथि १–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो । अब सरस्वतीले उपाधिका लागि शुक्रबार हुने एपीएफ र च्यासलबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

सरस्वतीको जितको आत्मघाती गोल नै निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा नै जावलाखेलका डिफेन्डर गौतम श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेका थिए । गौतम र गोलरक्षक अरुण तामाङबीच तालेमेल नमिल्दा गौतमको प्रहारले आफ्नै पोस्टको दिशा लिएको थियो । गौतमले ब्याकपास दिदा गोलरक्षक पोजिसन बाहिर रहेको थियो ।

सुरुमै पछि परेपछि जावलाखेलले सरस्वतीलाई दवावमा राखेपनि गोल गर्न भने सकेन । खेलको चौथो मिनेटमा ड्यानियल बेकेको प्रहार आकासियो । २१औं मिनेटमा गोलरक्षक अरुण तामाङले फालेको लामो पासलाई फोडे फोफानाले नियन्त्रणमा लिदै बक्सबाहिरबाट गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा बराबरीबाट चुक्यो ।

३६औं मिनेटमा टिना टिनाले गोल गरेपनि रेफ्रीले अफसाइडको इसारा गरे । पहिलो हाफको इन्ज्युरी समयमा कप्तान राजकुमार घिसिङको फ्रिकिक प्रहार पोस्टबाट थोरै बाहिरिदा अग्रता दोब्बर पार्ने मौका खेर गयो । दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि सफल भएन ।

४९औं मिनेटमा अमित लामाको पासमा सुजित बुढाथोकीको प्रहार जावलाखेलका गोलरक्षकलु मुस्किलले बचायो । ५९औं मिनेटमा अमित लामाको फ्रिकिकलाई गोलरक्षकले पुन मुस्किलले जोगायो । ६३औं मिनेटमा सुजित बुढाथोकी वान भर्सेस वानको अवस्थामा चुके ।

६४औं मिनेटमा ड्यानियलको प्रहार बाहिरियो । ७२औं मिनेटमा ड्यानियलको बक्सभित्रको प्रहार पोस्टमा लागेर फर्कदा जावलाखेल बराबरी गोल गर्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा त्यही आत्मघाती गोल नै सरस्वतीलाई फाइनल पुग्न पर्याप्त बन्यो ।
सरस्वतीका ओको बोता खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया पाए ।
प्रतियोगितामा शुक्रबार विभागीय नेपाल एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । खेल दिनको ठीक ३ः३० बजे नैकापस्थित नैकाप फुटबल मैदानमा हुनेछ ।

१५ बैशाखबाट शुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.