default_image

7 years ago

May 2, 2019

यू १९ महिला टोली स्वेदश फर्कियो

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १९ टोली म्यानमारबाट बिहीबार स्वदेश फर्केको छ । एएफसी यू१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा भाग लिदै नेपाली टोली घर फर्केको हो ।

नेपालले खेलेका तीनै खेलमा हार बेर्होदै दोस्रो चरणबाट बाहिरिएको थियो ।
अस्ट्रेलियासँग ११–१ को लज्जास्पद हारसँगै छनोटको यात्रा थालेको नेपाली टोली अर्को खेलमा उज्वेकिस्तानसँग ४–० ले पराजित भएको थियो । आयोजक म्यानमारसँगको अन्तिम खेलमा भने नेपाली टोली २–१ ले पराजित भएको थियो ।

समूहबाट अस्ट्रेलिया विजेता र म्यानमार उपविजेताका रुपमा यू १९ महिला च्याम्पियनसिपको अन्तिम चरणका लागि छनोट भएका छन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।


December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.