default_image

7 years ago

May 2, 2019

आर्मी मेची नेत्रालय गोल्डकपको फाइनलमा , नवयुगको २ गोल

132 views

0 Bookmark

झापा (हाम्रो खेलकुद)– मेची नेत्रालय गोल्ड कप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

झापा काकरभिट्टतको मैदानमा बिहीबार दीप लामाको निर्णायक गोलमा रुस्लान थ्रीस्टार क्लबलाई ३–२ ले हराउँदै आर्मीले पुलिससँगको भेट पक्का गरेको हो । आर्मी तेस्रो पटक मेची नेत्रालय गोल्डकपको फाइनलमा पुगेको हो ।

अघिल्लो दिन पेनाल्टी सुटआउटमा सिएमजी क्लब संकटालाई हराउँदै पुलिस अन्ति २ मा पुगेको थियो । आर्मीको जितमा कप्तान नवयुग श्रैष्ठले २ र दीप लामाले १ गोल गरे । थ्रीस्टारको लागि दुवै गोल विदेशी खेलाडी एलोन म्याक्सवेलले गरेका थिए ।

सुरुवातबाटै दबाब बनाएको आर्मीले २८ औ नवयुगको हेडर गोलमार्फत अग्रता लिएको थियो । सुमन अर्यालको क्रस पासमा नवयुगले हेड गरेका थिए । ३९ औ मिनेटमा नवयुगले अर्को गोल गर्दै अन्तरलाई दोब्बर पारे । सुमनकै पासमा उनले दोस्रो गोल गरेका हुन् ।

थ्रीस्टारले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएको थियो । अनन्त तामाङको पासमा म्याक्सवेलले गोल गरेका थिए । म्याक्सवेलले ५४ औ मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । बराबरीको सात मिनेट नबित्दै दीपले गोल गरे । सेसेहाङ आङ देम्बेको पासमा दीपले गोल गेका हुन् । आर्मीले त्यहि अग्रतालाई जोगाउँदै फाइनल यात्रा तय गर्यो ।

खेल अवधिभर आर्मीले खेलमा दबाब बनाएको थियो । दुवै टोलीले गोलका थप केहि अवसर पाए तर सदुपयोग गर्न सकेनन् । आर्मीका सेसेहाङले तेस्रो मिनेटमा पेनाल्टी बक्स भित्र पाएको बललाई सदुपयोग गर्न सकेनन् ।

१७ औ मिटमा आर्मीका जितेन्द्र कार्कीले मैदानको मध्यभागबाट गरेको शक्तिशाली प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ४२ औं मिनेटमा अनमार्क रहेका सेसेहाङको प्रहारलाई थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोके । ४९ औं मिनेटमा विवेक बस्नेतको क्रसमा नवयुगले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।

१७ औं मिनेटमा थ्री स्टारका म्याक्सवेलको शसक्त प्रहार पोष्टमा लागेर फर्कियो । २७ औ मिनेटमा बिदेशी खेलाडी मन्साको हेडर फितलो हुँदा आर्मीका गोलरक्षक विवश चौधरीले नियन्त्रणमा लिए ।

३२ औं मिनेटमा आर्मीका गोलरक्षक विवश विट बीट भइसकेको अवस्थामा सुशिल राईले गरेको हेडरलाई दिपक गुरुङले गोललाइनबाट जोगाए । ८७ औ मिनेटमा थ्रीस्टारको शक्तिशाली प्रहार बारमा लागेर बाहिरियो ।

म्यान अफ दी म्याच नवयुग श्रेष्ठले ११ हजार रुपैयाँ प्राप्त गरे । जारी सिजनमा आर्मीले ८ औ राष्ट्रिय खेलकुदमा स्वर्ण, विशाल मेमोरियल गोल्डकप, मदन भण्डारी गोल्डकप र झापा गोल्डकपको उपाधि जितेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.