default_image

7 years ago

May 3, 2019

लाकाजेटको दुई गोलमा आर्सनलको सहज जित

94 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियामाथि सहज जित निकालेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भ्यालेन्सियामाथि ३–१ को सहज जित निकालेको हो । आर्सनलको सहज जितमा एलेक्जेन्डर लाकाजेटले दुई तथा पिएरे एमेरिक औबामेयाङले एक गोल थपे । भ्यालेन्सियाका मौकटार डियाखावीले एक गोल फर्काए ।

घरेलु टोली आर्सनलले एक गोलले पछि परेको अवस्था उल्ट्याएर सहज जित निकालेको हो । खेलको ११औं मिनेटमा मौकटार डियाखावीले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, भ्यालेन्सियाको त्यो अग्रता लामो समय टिकेन ।

१८औं मिनेटमा लाकाजेटले बराबरी गोल फर्काए । २६औं मिनेटमा लाकाजेटले व्यक्तिगत दोस्रो तथा टिमका लागि दोस्रो गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । लाकाजेटको दोस्रो गोल भिएआरको सहायतामा मान्यता पाएको थियो । उनको प्रहारले गोल लाइन कटेपनि भ्यालेन्सियाका गोलरक्षक नेटोले बाहिर फालेका थिए ।

इन्ज्युरी समयमा पिएरे एमेरिक औबामेयाङले गोल गर्दै चेल्सीलाई ३–१ को सहज जित दिलाए । जितसँगै आर्सनलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग भ्यालेन्सियाको घरेलु मैदानमा १० मे १० मा हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.