7 years ago
May 3, 2019
झापा (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शनिबार चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधिका लागि एकअर्काको सामना गर्दैछन् ।

प्रदेश ५ मा केहि दिन अघि सम्पन्न आठौं राष्ट्रिय खेलकुदको फुटबलमा मा स्वर्ण पदक जित्दै आर्मी झापा पुगेको थियो । आठौंको फुटबल फाइनलमा आर्मीले पुलिसलाई नै पराजित गरेको थियो । आर्मी मेचीनगर गोल्ड कपको साविक विजेता पनि हो । मेचीनगरमा गत वर्ष आर्मीसँगै पराजित भएर पुलिस बाहिरिएको थियो ।
शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका प्रशिक्षकले कडा प्रतिस्पर्धा हुने बताएका छन् । आर्मीका प्रशिक्षक नविन न्यौपानेले फाइनल भिडन्त दुई विभागीय टोलीको प्रतिष्ठाको लडाइँ भएको बताए ।
न्यौपानेले टोलीका केहि सिनियर खेलाडी खेलाडी बिरामी भए पनि उमेर समूहका खेलाडीको बलमा उपाधि जित्ने अपेक्षा राखेका छन् । नियमित कप्तान भरत खवास र गोलकिपर विकेश कुथू नहुँदा रुस्लान थ्री स्टार क्लबविरुद्धको सेमिफाइनल केहि कठिन भएको उनको अनुभव थियो । फाइनलमा ९० मिनेटभित्रै नतिजा निकाल्ने आशा व्यक्त गरे ।
नियमित प्लेमेकर नहुँदा फरक पर्ने उल्लेख गर्दै आर्मीका कप्तान नवयुग श्रेष्ठले राम्रो खेल प्रदर्शन गरेर दर्शकको मन जित्ने बताए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसअघिका खेल उपलब्धीमुलक बन्न नसकेको भन्दै उनले भरत नहुँदा फरवार्ड लाइनमा समस्या आएको पनि सुनाए । गोलकिपर विवश चौधरीमा कन्फिडेन्ट नभएको स्वीकार गरेका प्रशिक्षक न्यौपानेले पुलिस विरुद्ध फाइनल खेल्न पाउनु उनका लागि पनि ठूलो अवसर भएको बताए ।
पुलिसका कप्तान भरत शाहले आर्मीमाथि जित निकाल्ने विश्वास दिलाए । उनले मिस पास र फिनिसिङमा सुधार गर्नुपर्ने जोड दिएका छन् । पुलिसका रक्षक एवंम् सिनियर खेलाडी सुमन सुवेदीले बल पोजिसन र टिम वर्क राम्रो रहेकाले ९० मिनेटभित्र नतिजा निकाल्ने बताए ।
आर्मी फिजिकल्ली फिट टोली रहेको उल्लेख गर्दै सुमनले विपक्षीलाई कमजोर नठान्ने बताए । मेचीनगर गोल्डकपको चारबटा मध्ये २ वटा संस्करणमा सहभागीता जनाएको आर्मीले गत संस्करणमा सिग्नेचर मनाङ मस्याङदीलाई हराउँदै उपाधि जितेको थियो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]