default_image

7 years ago

May 4, 2019

‘अब रेलिगेसनसहितको लिग’- एन्फा अध्यक्ष शेर्पा

169 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष सबै तहमा घटुवा बढुवा प्रणालीका आधारमा लिग सञ्चालन गर्ने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले निर्वाचित भएको एक वर्ष पुरा भएको सन्दर्भमा हाम्रो खेलकुदसँग कुरा गर्दै रेलिगेसन प्रमोसनसहितको लिग गर्ने बताएका छन् । २०७४ वैशाख २२ गतेको एन्फा निर्वाचनले शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए ।

सहिद स्मारक ए डिभिजनमा रेलिगेसन तथा बी र सीमा भने रेलिगेसन प्रमोसनसहितको लिग हुने उनको भनाई थियो । गत वर्ष भने एन्फाले विना रेलिगेसनेको लिग गरेका कारण चर्को आलोचना खप्नु परेको थियो । एन्फाले भने वार्मअपका रुपमा भन्दै २०७४ को लिग विना रेलिगसेनको गरेको थियो । २०७० पछि पहिलो पटक लिग आयोजना गर्नका लागि रेलिगेसन विनाको गर्नुपरेको एन्फाको दलिल थियो ।

पछिल्लो एक वर्षमा नेपालले महिलातर्फ उमेर समूह देखि राष्ट्रिय टोलीले पनि उच्च प्रदर्शन गरेको स्मरण गर्दै शेर्पाले आउने दिनमा घरेलु संरचनालाई अझै बलियो बनाउने तयारी गरिएको बताएका छन् ।

पछिल्लो एक वर्षमा नीतिगत तहमा निकै काम गरेकोले आउने दिनमा एन्फाले देखिने गरि थुप्रै कार्यक्रम अघि बढाउने शेर्पाले दाबी गरे । ‘एन्फालाई नीतिगत रुपमा प्रष्ट पार्न आवश्यक थियो,’ उनले भने, ‘हामीले यो बीचमा विशेष र नियमित गरि दुई वटा साधारण सभा गर्यौं । कर्मचारी नियमावली, आर्थिक नियमावली पास गरेका छौं । एन्फाका स्थायी समितिहरु गठन गरेका छौं । एक हिसाबले हामीले फुटबल विकासका लागि नीतिगत प्रष्टता तय गरेका छौं । ‘

परिवर्तनको नारासहित एन्फा नेतृत्वमा पुगेका शेर्पाले फुटबल विकास आउने ३ वर्षमा अर्को चरणमा पुग्ने दाबी गरेका छन् । ‘हामीले यो एक वर्ष आधार भूमि तयार पारेका छौं,’ उनको दाबी छ, ‘अब आउने दिनमा तपाईले विकासका लागि हामीले तय गरेका योजना कार्यान्वयन भएको देख्न सक्नु हुनेछ । ‘

लिग च्याम्पियन मनाङ मर्स्याङदी

उनले तीनै तह ए, बी र सी डिभिजनको लिग सहित राष्ट्रिय लिग पनि यो वर्ष आयोजना गरिने जानकारी दिए । त्यस्तै जिल्ला र प्रदेशमा पनि लिग यो वर्षबाट सुरु हुने शेर्पाले बताए । अध्यक्षका रुपमा पछिल्लो एक वर्ष आफ्नो लागि निकै चुनौतिपूर्ण रहेको शेर्पाले स्वीकार गरे । ‘सबैका आ आफ्ना काम गर्ने शैली हुन्छ । मेरो पनि आफ्नै शैली छ । कतिलाई चित्त नबुझेको पनि हुन सक्छ,’ उनको गुनासो थियो, ‘नेपालमा सबैभन्दा कठिन म्यान मेनेजमेन्ट हो । त्यसमा धेरै कठिनाई आउने रहेछ ।’

एन्फा भित्रबाटै असहयोग भइरहेको छ भन्ने सुनिन्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘त्यस्तो पनि छैन । हामीले यो एक वर्षमा विशेष र नियमित गरेर दुई पटक साधारण सभा गर्यो । कार्यसमितिको बैठक ५ पटक बसेका छौं । निर्णयमा पुग्न कुनै समस्या भएको छैन । तर, सबैको चित्त नबुझेको हुन सक्छ ।’

उनले आफु आलोचनालाई जहिले स्वागत गर्ने पनि बताए । ‘मलाई पनि कतिपयले तानाशाह हुन थालेको भन्ने सुन्छु । तर त्यस्तो होइन । लोकतान्त्रिक परिपाटीमा विश्वास राख्छु,’ उनले थपे, ‘म पछाडि कुरा काट्ने भन्दा अगाडि आलोचना गर्नेलाई राम्रो मान्छु । जसले मलाई सचेत हुन र सच्चाउँदै अघि बढ्न मद्दत पुग्छ ।’

एक वर्षअघि परिवर्तनको नारासहित शेर्पा समूह एन्फा अध्यक्षदेखि उपाध्यक्ष र सबै सदस्य पदमा विजयी भएको थियो । तर, त्यसपछि विस्तारै एन्फा भित्र गुट उपगुटको अभ्यास भएको आरोप लाग्न थालेको छ । अध्यक्ष शेर्पाले त्यसलाई पूर्ण रुपमा अस्वीकार नगरेपनि काम गर्न अप्ठेरो नपरेको बताए । उनले भने, ‘सबैको स्वभाव नमिल्न सक्छ । तर अहिले सम्म कुनै पनि निर्णयमा पुग्न असहज पुगेको छैन ।’

एन्फा डे

एन्फाले पछिल्लो निर्वाचन भएको मिति वैशाख २२ गतेलाई एन्फा डेको रुपमा मान्ने तयारी गरेको छ । एन्फा स्थापनाको मिति कतैबाट पनि पाउन नसकेपछि अहिलेका लागि वैशाख २२ गतेलाई एन्फा डेका रुपमा मनाउने तयारी गरेको शेर्पाले बताए । एन्फा डेमा विभिन्न ११ विधामा एन्फाले अवार्ड वितरण गर्दैछ ।

‘हामीले एन्फाको गठन मिति पत्ता लगाउनका लागि प्रयास गर्यौं,’ उनले भने, ‘तर अहिले सम्म कोहिबाट पनि त्यो मिति आउन सकेनन् । त्यसैले हामीले यो मिति गर्यौं । आउने दिनमा
एन्फाको गठन मिति पत्ता लागेको खण्डमा हामी त्यहि दिनमा एन्फा डे माउने छौं । राणाकालमै गठन भएको मिति हुँदा पनि हामीलाई कुनै आपत्ती छैन । ‘

कुँवरलाई हटाउने प्रयास

एन्फा अध्यक्ष शेर्पाले एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवर देश भित्र फुटबलको कुनै पनि संरचनामा नरहेका कारण दक्षिण एसियाली फुटबल महासंघ (साफ) को उपाध्यक्षबाट हटाउन पहल लिएको बताएका छन् । तर, गत साता राजधानीमा सम्पन्न साफ कंग्रेसले एन्फा प्रस्तावलाई अस्वीकार गर्दै निर्वाचित व्यक्तिले चार वर्षे कार्यकाल पुरा गर्ने पाउने बताएको थियो ।

Mani Kunwar 2

‘उहाँ (कुँवर) फुटबलका कुनै संचरनामा हुनुहुन्न । साफ र एन्फामा पुलको काम पनि गर्नुपर्छ,’ उनले भने,’ तर उहाँबाट त्यो हुने सम्भावना छैन । त्यसैले हामीले हटाउन पहल लिएका हौं ।’ एन्फाले कुँवरलाई हटाएर साफ उपाध्यक्षमा शेर्पालाई राख्न लिखित प्रस्ताव दर्ता गरेको थियो । कुँवरले एन्फा अध्यक्षमा शेर्पाविरुद्ध उम्मेदवारी दिएपनि पछि निर्वाचन वहिष्कार गरेका थिए ।

एन्फाले साफ पदाधिकारीविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाउनुपर्ने र त्यसरी पदाधिकारीविरुद्ध अविश्वास दर्ता भए दुई तिहाईले हटाउन सक्ने प्रावधान विधानमा समेट्न प्रस्ताव पेश गरेको थियो । ती दुवै प्रस्तावलाई कंग्रेसले अस्वीकार गरेको भन्ने समाचार आएपनि ती सत्य नभएको शेर्पाको दाबी थियो ।

‘सञ्चारमाध्यममा जसरी आयो त्यो सहि होइन । फिफा, एएफसीको विधानमा अविश्वासको प्रस्तावको प्रावधान छ । त्यहि प्रावधान साफको विधानमा राख्न हामीले प्रस्ताव गरेका हौं, उनले थपे, हामीले प्रस्ताव गर्दा गराएका छौं । मलाई विश्वास छ आउने दिनमा त्यो प्रावधान विधानमा राखिनेछ ।’

तीन वर्षमा नयाँ चरणमा पुग्ने दाबी

आफ्नो कार्यकालमा नेपाललाई साफ च्याम्पियन बनाउने लक्ष्य राखेको शेर्पाले योजना सुनाए । उनले अगाडि भने,’हामी साफमा च्याम्पियन हुन सकेका छैनौं , आउने दिनमा च्याम्पियन बनाउने लक्ष्य छ ।’ निर्वाचन अघि ग्रासरुट फुटबलको विकास, व्यावसायिक फुटबल, भौतिक पूर्वाधार र पारदर्शिताका लागि गरेको प्रतिबद्धतामा आफुहरु दृढ रहेको उनले सुनाए ।

‘रौतहटमा महिला फुटबल एकेडेमी निर्माण क्रम चलिरहेको छ । पोखरामा पनि ३ सय रोपनी भन्दा बढी जग्गा लिजमा पाएका छौं । त्यसमा टेक्निकल सेन्टर निर्णाण गर्नेछौं,’ उनले योजना सुनाए, ‘हाम्रा ४५ जिल्लामा ट्रेनिङ सेन्टर स्थापना गर्नेछौं ।’

फुटबलको समग्र विकासका लागि प्रशिक्षक र रेफ्री पनि त्यत्तिकै आवश्यक रहेको शेर्पाले बताए ।
‘पछिल्लो एक वर्षमा ६० देखि ७० जना रेफ्री तयार भएका छन्,’ उनले भने, ‘आउने दिनमा हामी हजार देखि १२ सय प्रशिक्षक तयार पार्ने योजनामा छौं । हरेक विद्यालयमा प्रशिक्षक राख्न सकिने गरि काम गर्ने सोच छ । ‘

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.