7 years ago
May 4, 2019
एजेन्सी –सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयतिर गोल गर्दै यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टसलाई हारबाट जोगाएको छ ।

इटालियन सिरी ‘ए’ अन्तरगत शुक्रबार राति घरेलु मैदानमा भएको भएको खेलमा युभेन्टस टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोनाल्डोले खेल सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।
घरेलु मैदानमा युभेन्टस खेलको १८औं मिनेटमा पछि परेको थियो । टोरिनोका सासा लुकिकले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पाहुना टोली टोरिनोले त्यो अग्रतालाई अन्तिम समयसम्म जोगाउन सकेन ।

१ गोलले पछि परेपछि युभेन्टसले टोरिनोलाई दवावमा राखेपनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । तर, ८४औं मिनेटमा युभेन्टसले बराबरी गोल गर्न सफल भयो । क्रिस्टियानो रोनाल्डोले लियोनार्दाेको पासमा हेड गोल गर्दै युभेन्टसलाई सम्भावित हारबाट जोगाए ।
रोनाल्डोको यो खेल करियरको १००औं हेड गोल हो । समग्रमा उनले ६०१औं गोल पुरा गरेका छन् ।
बराबरीसँगै युभेन्टस ३५ खेलबाट ८९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युभेन्टसले दोस्रो स्थानको नेपोलीलाई १९ अंकले पछि परेको छ । टोरिनो ५७ अंकसहित छैटौ स्थानमा रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]