7 years ago
May 4, 2019
एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ ।

एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले तप्न खेलको प्रतिबन्ध सुनाएको हो । २० वर्षीय एमबाप्पेले रेनिसविरुद्धको फ्रेन्च कपको फाइनल दौरान अन्तिम समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । अब एमबाप्पेले नाइस र एन्जर्सविरुद्धको खेल गुमाउनेछ ।
फ्रेन्च कपको फाइनलमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुदै पीएसजी उपाधि जित्नबाट वञ्चित भएको थियो ।
यता, सोही खेलपछि पदक लिन जाने क्रममा नेयमारले समर्थकलाई हात हालेको भन्दै अर्का सुपरस्टार नेयमार जुनियरमाथि पनि अनुसन्धान भइरहेको एफएफएफले जनाएको छ । उनलाई ८ खेलको प्रतिबन्ध लाग्न सक्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]