default_image

7 years ago

May 4, 2019

एमबाप्पेको प्रतिबन्धले मेस्सीलाई फाइदा

170 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सिजन अन्त्य नजिकिंदै जाँदा गोल्डेन बुटको दौड पनि रोमान्चक बन्दै गएको छ । हाल गोल्डेन बुटको दावेदारका रुपमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे अग्रपंक्तिमा देखिएका छन् ।

मेस्सीले जारि सिजन लिगमा ३४ गोल गरिसकेका छन् । एम्बाप्पे पनि ३० गोल गर्दै उनलाई पछ्याइरहेका छन् । तर फ्रेन्च कपको फाइनलमा रातो कार्ड खाएपछि एमबाप्पेले तीन खेलको प्रतिबन्ध बोकेका छन् । यसले मेस्सीको गोल्डेन बुटको आकांक्षामा फाइदा पुग्ने देखिएको छ । एमबाप्पेले प्रतिबन्ध लागेको तीन मध्य एक खेल खेलिसकेका छन् । अब दुई खेल प्रतिबन्धमा बस्नुपर्ने एमबाप्पेले त्यसपछि सिजनको अन्तिम दुई खेल खेल्न भ्याउनेछन् ।

यता मेस्सीले भने लिगअन्तर्गत अझै तीन खेल खेल्न बाँकी छ । तर बार्सिलोनाले लिग उपाधि जितिसकेको र च्याम्पियन्स लिगमा पनि प्रतिस्पर्धा गरिरहेका कारण मेस्सीले सुरुवाती रोजाईमा खेल्ने सम्भावना निकै कम छ । मेस्सीले अहिले नै ४ गोलको अग्रता लिएका कारण उनको गोल्डेन बुटमा बलियो दावेदारी देखिएको हो ।

तेस्रो स्थानमा इटालियन क्लब साम्पडोरियाका भेट्रान फरवार्ड फाबियो क्वाग्लीआरेल्लाले २३ गोल गरेका छन् । सर्वाधिक गोलकर्ताको सुचिमा क्रिस्टियानो रोनाल्डो अन्य ५ खेलाडीसहित संयुक्त चौथी स्थानमा छन् । रोनाल्डोसँगै करीम बेन्जेमा, दुभान जपता, लुइस सुआरेज, रोबर्ट लेवान्डोस्की र मोहमद सलाहले समान २१-२१ गोल गरेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.