7 years ago
May 4, 2019
काभ्रे (हाम्रो खेलकुद)– ड्रिम ब्वाइज क्लब धुलिखेलले काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कप फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ ।

बनेपा बहु–प्राविधिक शिक्षालयको खेल मैदानमा शनिबार भएको खेलमा ड्रिम ब्वाइजले नेपाल पुलिस स्कुलमाथि १०–१ को फराकिलो जत निकालेको हो । शनिबारै भएको अर्काे खेलमा सिद्धिगणेश खेलकुद समितिले बेलर इन्टरनेशनल एकेडेमीमाथि ४–० को जित निकाल्यो ।
यस्तै अर्काे खेलमा सनराइज फुटबल क्लब मंगलटारले एफसी एला कोटेश्वरलाई ३–ण् ले तथा कुशादेवीले धुलिखेल–११ माथि २–१ को कठिन जित निकाल्यो ।

प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुनेले १ लाख रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वात्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्ड, सर्वाधक गोलकर्ता र प्रशिक्षकले जनही ५ हजार पाउनेछन् ।
अनुशाषित टोलीले १० हजार रुपैया तथा हरेक खेलको म्यान अफ दि म्याचले जनही २ हजार पाउनेछन् । ३६ टोलीको सहभागिता रहेको प्रतियोगिता २ जेठसम्म सञ्चालन हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]