default_image

7 years ago

May 4, 2019

पुलिस मेचीनगर गोल्डकप च्याम्पियन

127 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) –विभागीय नेपाल पुलिस क्लब चौथो संस्करणको मेची नेत्रालय मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ । पुलिसले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती सडनडेथमा ४–३ ले पन्छाउदै च्याम्पियन बनेको हो ।

नेपाल पुलिस क्लबको फुटबल टोली । फाइल तस्बिर

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा पुलिसले बाजी मारेको हो । पेनाल्टी पनि ३–३ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो ।

सडनडेथमा पुलिसका सुमन लामा, भरत साह, रेजिन सुब्बाले गोल गरे । पुलिसका अजित भण्डारी र आशिष गुरुङले गोल गर्न सकेनन् । आर्मीका दीप लामा, टेक बहादुर बुढाथोकी, सन्तोष तामाङले गोल गर्न सके । नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्कीले गोल गर्न सकेनन् ।

सडनडेथमा आर्मीका बिकास तामाङ गोल गर्नबाट चुक्दा पुलिसका मान बहादुर परियारले निर्णायक गोल गरे । पुलिसका गोलरक्षक रोशन खड्का खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ११ हजार रुपैया पाए ।

च्याम्पियन बनेसँगै पुलिसले १० लाख रुपैया हात पा¥यो । उपविजेता बनेको आर्मीले ५ लाख रुपैयामा चित्त बुझायो । पुसिलका रवि पासवान प्रतियोगिताको सर्वाेत्कृष्ट खेलडी घोषित भए । उनले १ लाख रुपैया हात पा¥यो ।

मेचीनगर गोल्डकपका उत्कृष्टहरु
उदियमान खेलाडी – एन्जल गुरुङ (काकँडभिट्टा)
उत्कृष्ट गोलरक्षक – शत्रुघन चौधरी (पुलिस)
उत्कृष्ट डिफेन्डर – आशिष गुरुङ (पुलिस)
उत्कृष्ट मिडफिल्डर – सेसेहाङ आङदेम्वे (आर्मी)
उत्कृष्ट फरवार्ड – नवयुग श्रेष्ठ (आर्मी)
उत्कृष्ट प्रशिक्षक – अनन्तराज थापा (पुलिस)
सबै उत्कृष्टले जनही २१ हजार रुपैया पाए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.