7 years ago
May 5, 2019
एजेन्सी – न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा उक्लिएको छ ।

लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि उसकै मैदानमा ३–२ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे । न्यु क्यासलका क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमले गोल गरे ।

निकै नै रोमाञ्चक बनेको खेलमा लिभरपुलले खेलको १३औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा हेडमार्फत गोल गरेका थिए । २०औं मिनेटमा क्रिस्टियन अट्सुले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
२८औं मिनेटमा मोहम्मद सलाहले अर्नाेल्डकै पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । त्यअघि २६औं मिनेटमा न्यु क्यासलका पेरेजको प्रहार बारमा लागेर फर्किएको थियो ।
५४औं मिनेटमा जोसे सलोमनले खेललाई पुन २–२ गोलको बराबरीमा ल्याए । जेभियर माक्विलोको कर्नरमा लिभरपुलका खेलाडीले क्लियर गर्न नसकेको बललाई सलोमनले जाली चुमाउदा गोलरक्षकएलिसन बेकरले रोक्ने कुनै मौका नै पाएन ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिभक ओरिजीले गोल गर्दै लिभरपुललाई ३–२ को महत्वपुर्ण जित दिलाए । ओरिजी ७३औं मिनेटमा फरवार्ड मोहम्मद सलाहको स्थानमा मैदानमा प्रवेश गरेका थिए । मोहम्मद सलाह इन्ज्युरी हुदै मैदानबाट बाहिरिनु परेको थियो ।
महत्वपुर्ण जितसँगै लिभरपुलले शीर्ष स्थानमा २ अंकको अग्रता लिदै उपाधिका लागि म्यानचेस्टर सिटीमाथि दवाव बढाएको छ । लिभरपुलको ३७ खेलबाट ९४ अंक रहेको छ । एक खेल कम खेलेको सिटीको ९२ अंक छ । सिटीले सोमबार राति लेस्टर सिटीसँग खेल्दैछ ।
लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न बाँकी एक खेलमा जित निकाल्नुका साथै सिटीले अंक गुमाउने पर्ने हुन्छ । अन्तिम खेलमा लिभरपुलले वल्भ्ससँग १२ मे मा प्रतिस्पर्धा गर्दैछ । सिटीले लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]