default_image

7 years ago

May 5, 2019

बार्सिलोना र एट्लेटिकोको लज्जास्पद हार

178 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष दुई स्थानमा रहेका टोली बार्सिलोना र एट्लेटिको म्याड्रिडले लज्जास्पद हार बेहोरेका छन् । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोसँग तथा एट्लेटिकोले इस्पान्योलसँग हार बेहोरेको छ ।

सेल्टा डि भिगोले आफ्नै मैदानमा बार्सिलोनालाई २–० ले स्तब्ध बनाएको हो । सेल्टाको जितमा म्याक्सीमिलियानो गोमेज र इगो आसपासले गोल गरे । बार्सिलोनाले अग्रपङ्तिका दुई फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेजसँगै अधिकांश पहिलो रोजाईका खेलाडीलाई सेल्टाविरुद्धको खेलमा विश्राम दिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि घरेलु टोलीले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । ६७औं मिनेटमा म्याक्सीमिलियानोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८८औं मिनेटमा इगो आसपासले पेनाल्टीमा गोल गर्दै सेल्टालाई २–० को जित दिलाए ।

हारसँगै बार्सिलोनालाई अंकतालिका कुनै प्रभाव परेको छैन । यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाको ३६ खेलबाट ८३ अंक रहेको छ । बार्सिलोनामाथिको महत्वपुर्ण जितसँगै सेल्टा डि भिगो ४० अंक जोडेर १४औं स्थानमा उक्लिएको छ ।

शनिबार राति नै भएको अर्काे खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले इस्पान्योलसँग ३–० को लज्जास्पद हार बेहो¥यो । इस्पान्योलको जितमा बोर्जा इगलेसियसले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो ।

घरेलु टोली पहिलो हाफमा डिएगो गोडिनको आत्मघाती गोलबाट अघि बढेको थियो । ५२औं मिनेटमा बोर्जाले गोल गर्दै अग्रता दोब्बर बनायो । ८९औं मिनेटमा बोर्जाले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई ३–० को जित दिलाए ।

हारपछि एट्लेटिकोको ३६ खेलबाट ७४ अंक रहेको छ । इस्पान्योल ४७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

ला लिगाका अन्य खेलको नतिजा
लेभान्टे
विरुद्ध रायो भलेकानो (–१)
डिर्पाेटिभो अलाभेस विरुद्ध रियल सोसिडाड (०–)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.