default_image

7 years ago

May 5, 2019

दुई रातो कार्ड खाएपछि टोटेनहमको हार, कार्डिफ रेलिगेसनमा

147 views

0 Bookmark

एजेन्सी – दुवै हाफ गरेर ६ मिनेटको अन्तरमा २ खेलाडी रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथसँग हार बेहारेको छ । टोटेनहम बर्नमाउथसँग १–० ले पराजित भएको हो ।

टोटेनहम ६ मिनेटको दौरान दुई रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको थियो । ९ खेलाडीमा समेटिएको टोटेनहमले घरेलु टोलीलाई अन्तिम समयसम्म रोक्न सफल भएन । तर, टोटेनहमले अन्तिम समयमा सम्हाल्न सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नाथन एकेले गोल गर्दै बर्नमाउथलाई १–० को जित दिलाए ।

त्यसअघि खेलको ४३औं मिनेटमा ह्युङ मिन सन र ४८औं मिनेटमा जुवान फोयथ सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि टोटेनहम समस्यामा परेको थियो ।

हारसँगै टोटेनहमले शीर्ष चारको पकड बलियो बनाउन सकेन । टोटेनहम ३७ खेलबाट ७० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । टोटेनहमको पछिल्लो चार प्रिमियर लिग खेलमा यो तेस्रो हार हो । ब्राइटनमाथि १–० को जित निकालेको टोटेनहमले म्यानचेस्टर सिटी र वेस्ट ह्यामसँग पराजित भएको थियो । बर्नमाउथ ४५ अंक जोडेर १३औं स्थानमा छ ।

यता, वल्भ्स र क्रिस्टल प्यालेसँग पराजित भएसँगै फुलहम र कार्डिफ सिटी रेलिगेसनमा पर्ने पक्का भएको छ । हडर्सफिल्ड यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

फुलहम वल्भ्ससँग १–० ले तथा कार्डिफ क्रिस्टल प्यालेससँग ३–२ ले पराजित हुन पुगेको थियो । एक खेल बाँकी रहँदा कार्डिफ ३१ अंक जोडेर १८औं तथा २६ अंक जोडेर फुलहम २६औं स्थानमा छ । हर्डसफिल्ड १४ अंक जोडेर पुछारमा छ ।

प्रिमियर लिगको अर्काे खेलमा वेस्ट ह्यामले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.