7 years ago
May 5, 2019
एजेन्सी – उपाधि होडमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिदा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको उपाधितर्फ लम्किएको छ ।

शनिबार राति भएको खेलमा डर्टमन्ड वेरडर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएसँगै बायर्न उपाधिनजिक पुगेको हो । बायर्नले शनिबार राति नै ह्यानोभरमाथि ३–१ को सहज जित निकालेको थियो ।
बराबरीसँगै डर्टमन्ड ३२ खेलबाट ७० अंक जोडेर दोस्रो स्थानमा यथावत छ । समान खेलबाटै बायर्न ७४ अंक जोडेर शीर्षस्थानमा छ । अब बायर्नले आरबी लेपिजिज र फ्रान्कफर्टसँग खेल्न बाँकी छ । डर्टमन्डले फोर्टुना र बोरुसिया मोन्चेग्लावाचसँग खेल्न बाँकी छ । बायर्नलाई च्याम्पियन बन्न एक खेल जिते पर्याप्त हुनेछ । डर्टमन्डलाई च्याम्पियन बन्न बाँकी दुई खेलमा शतप्रतिशत जित तथा बायर्नले दुवै खेल गुमाउन पर्ने हुन्छ ।
डर्टमन्डले दुई गोलको अग्रता लिएर पनि बराबरी खेलेको हो । छैटौं मिनेटमा क्रिस्टियन पुलिसिक र ४१औं मिनेटमा फ्रान्सिस्को अल्कासेरले गोलबाट बायर्नले खेलमा अग्रता लिएको थियो । डर्टमन्डले ५ मिनेटको दौरान दुई गोल खान पुगेको थियो । ७०औं मिनेटमा केभिन मोवाल्ड र ७५औं मिनेटमा क्लाउडियो पिजारोले बराबरी गोल फर्काएका थिए ।

यता, बायर्नले ह्यानोभरमाथि ३–१ को सहज जित निकाल्यो । बायर्नको सहज जितमा रोबर्ट लेवान्डोस्की, लियोन गोरेट्का र फ्रान्क रिवेरीले गोल गरे । ह्यानोभरका जोनाथसले पेनाल्टीमा एक गोल फर्काए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]