default_image

7 years ago

May 5, 2019

च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन

230 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)- भ्याली च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियनबनेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

च्यासललाई च्याम्पिउन बनाउन वैकल्पिक खेलाडी म्याक्सवेल एलोन र जुनियरले गरे । म्याक्सवेल दोस्रो हाफको सुरुमै अर्मान्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि च्यासलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

५५औं मिनेटमा म्याक्सवेलले हेडमार्फत सुन्दर गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए । ७१औं मिनेटमा जुनियरले गोल गर्दै च्यासललाई च्याम्पियन बनाए ।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै अमिर श्रेष्ठको प्रहार पोस्टबाट थोरै बाहिरिदा अग्रता लिनबाट चुकेको थियो । ११औं मिनेटमा जुनियरको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । १४औं मिनेटमा जुनियरको पासमा अर्मान्डले छोडेको बलमा मिलन राईले फितलो प्रहार गरे । १५औं मिनेटमा ओको बोताको फ्रिकिक क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा अमित लामाको प्रहार अकासिएको थियो ।

१९औं मिनेटमा सुजित बुढाथोकीको प्रहार गोलरक्षक दिपेश थापामगरले मुस्किलले बचाए । २८औं मिनेटमा छिरिङ गुरुङ कर्नरमा अर्मान्डको हेडर बाहिरिएको थियो । ३९औं मिनेटमा दिपेश श्रेष्ठको प्रहार बाहिरिएको थियो ।

६१औं मिनेटमा राज शाहीको फ्रिकिक डिफ्लेक्ट हुदै बाहिरिएको थियो । लगत्रत्तै प्राप्त कर्नरमा रमेश घिसिङले क्रस गरेको बललाई राज शाहीले प्रहार गरेपनि क्रसबारमा लागेर फर्कदा सरस्वतीले बराबरी गोल गर्ने मौका खेर फाल्यो ।

६३औं मिनेटमा सरस्वती १० खेलाडीमा समेटियो । विशाल मगर दोहोरो पहँेलो कार्ड खादै मैदान बाट बाहिरिएपछि सरस्वती समस्यामा परेको थियो । त्यसपछि थप गोल हुन सकेन ।
च्याम्पियन बनेसँगै च्यासलले ६ लाख रुपैया पायो । दोस्रो भएको सरस्वतीले ३ लाख रुपैया पायो ।

च्यासलका कप्तान अमिर श्रेष्ठ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले ३० हजार रुपैया पाए । यस्तै च्यासलकै अर्मान्ड र मिलन राई सर्वाधिक गोलकर्ता भए । उनीहरुले १५–१५ हजार रुपैया बाँडे । दुवै खेलाडीले प्रतियोगिताभर दुई गोल गरेका थिए ।

प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, आयोजक दीपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र प्रतियोगिता संयोजक रमेश बुढाथोकी, मुख्य प्रायोजक रोज बहिनी सिर्जनशील समूहका अध्यक्ष माधव भन्डारीलगायतले पुरस्कृत गरे ।

१५ बैशाखबाट शुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.