7 years ago
May 11, 2019
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलविरुद्ध ४-० को लज्जास्पद हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न बन्चित भयो । समग्रमा ४-३ को हार बेहोरेपछि अधिकांश समर्थकले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलाई दोष लगाए ।

क्लबका पूर्व खेलाडी तथा ब्राजिलियन फरवार्ड रोनाल्डो नजरियोले भने यसरि प्रशिक्षकलाई दोष लगाउनु उचित नभएको बताएका छन् । ‘ बार्सिलोना निकै राम्रो टोली हो । उनीहरुसँग विश्वकै सर्वोत्कृष्ट खेलाडी मेस्सी पनि साथमा छन् । तर जब बार्सिलोनाले खेल हार्छ, त्यो भालभेर्डे र कोउटिन्होको कारण हुन्छ, मेस्सी होइन,’ उनले थपे, ‘ तर जब बार्सिलोनाले कुनै खेल जित्छ, त्यो मेसीको कारण जितेको हुन्छ । यसो गर्नु भनेको अन्य खेलाडी र प्रशिक्षकको सम्मान नगर्नु जस्तै हो ।’
रोनाल्डोले लिभरपुलले खेलमा पुनरागमन गर्दै बार्सिलोनालाई पराजित गर्दा आश्चर्य मान्नुपर्ने अवस्था नरहेको बताए । ‘ जब कुनै टोली एकदम हौसिएर खेल्छ र विपक्षीलाई दबाबमा राख्छ भने नतिजा निकाल्न सहज हुन्छ । लिभरपुलले जस्तो प्रदर्शन गर्यो, त्यो नौलो थिएन । पहिलो लेगमा लिभरपुल केहि अभागी सावित भएको थियो भने मेस्सी उत्कृष्ट रहेका थिए । दोस्रो लेगमा लिभरपुलले आफ्नो खेललाई निरन्तरता दिँदै जित हासिल गरेको हो,’ उनले भने ।
रोनाल्डो हाल स्पेनिस क्लब रियल भालाडोलिडको मालिक भएका छन् । आफ्नो जमानाका उत्कृष्ट खेलाडी उनले स्पेनका दुई ठूला टोली रियल म्याड्रिड र बार्सिलोनाबाट खेले । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]