default_image

7 years ago

May 10, 2019

च्यासल भरतपुर गोल्डकपको क्वार्टरफाइनलमा

136 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)– भ्याली च्यासल युथ क्लब सिएमजी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेची नेत्रालय काकरभिट्टा गोल्डकपको विजेता नेपाल पुलिस क्लबलाई शुक्रबार २–१ ले हराउँदै च्यासल अन्तिम आठमा पुगेको हो ।

भ्याली च्यासल युथ क्लबका खेलाडी । फाइल तस्बिर

च्यासलका लागि पूर्णबहादुर गुरुङ र सुसन लामाले गोल गरे । पुलिसका लागि अनुप लिम्बुले गोल फर्काएका थिए । पूर्णले २७ औं मिनेटाम गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । सुसनले ५७ औं मिनेटमा गोल थपे । पुलिसका अनुपले ६७ औं मिनेटमा गोल फर्काएका थिए ।

च्यासलका पूर्ण खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरेका थिए । एजे इन्टरनेसनले आयोजना गरेको प्रतियोगितामा बिहीबार चितवन ११ र त्रिभुवन आर्मी क्लबबीच पहिलो क्वार्टरफाइनल हुनेछ । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.