default_image

7 years ago

May 10, 2019

बीबीसी कपमा चावहिलको जित

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइस बीबीसी कप फुटबलमा शुक्रबार चावहिल स्पोर्टस क्लब, पद्मज्योति काभ्रे बोर्डर साँगा, नवदुर्गा युथ क्लब खोपासी विजयी भएका छन् ।

नेपाल बनेपा पोलिटेक्निक इन्स्टच्युटको मैदानमा चावहिलले काठमाडौंको स्वयम्भू क्बबलाई ४–१ ले हराएको छ । चावहिलका लागि अमिर केसी, सुसुन लामा, विशेष राई र सोम थापाले गोल गरे । स्वयम्भुका लागि राज पौडेलले गोल फर्काए । चावहिलका सुसन म्यान अफ दी म्याच चुनिए ।

पद्मज्योतिले आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी) लालिगुरासलाई टाइब्रेकरमा ४–१ ले हराएको छ । निर्धारित समय १–१ को बराबरीपछि टाइब्रेकरमा पद्मज्योतिले बाजी मारेको थियो । विपिन लिम्बुको गोलबाट बीबीसीले अग्रता लिएपनि पद्मज्योतिका लागि साहिल विष्टले बराबरी गोल फर्काएका थिए । पद्मज्योतिका आशिष थापामगर खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

नवदुर्गाले ट्रिटोन इन्टरनेसन कलेज काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा नवदुर्गा वजयी भएको थियो.।
नवदुर्गाका गोलकिपर सन्जय ताम्राकार खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.