default_image

7 years ago

May 11, 2019

खेल जीवनबाट याया टुरेको सन्यास

152 views

0 Bookmark

एजेन्सी–म्यानचेस्टर सिटी, बार्सिलोना र आइभरी कोस्टका पूर्व मिडफिल्डर याया टाउरेले खेल जीवनबाट सन्यास लिएका छन् । यायाका एजेन्टका अनुसार अब उनी प्रशिक्षणमा जुट्नेछन् । ३५ वर्षे मिडफिल्डर सन् २०१८ डिसेम्बर देखि ग्रिस टोली ओलम्पियाकोसमा आबद्ध थिए ।

गत सिजन प्रिमियर लिग जितेपछि सिटीले उनलाई रिलिज गरेको थियो । त्यसपछि उनी ग्रिस क्लबमा आबद्ध भएका थिए । सिटीमा उनले ३ प्रिमियर लिग, एउटा एफए कप र दुई वटा लिग कप जिते । ‘यायाले खेल जीवन अन्त्य गर्ने निर्णय गरेका छन्,’ उनका एजेन्ट दिमित्री सेलुकले भने ।

पछिल्लो महिना मात्र पनि तत्काल फुटबलबाट सन्यास नलिने यायाले बताएका थिए । यायालाई अफ्रिकाका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ । अफ्रिकन फुटबल इतिहासमा उनको खेल जीवनलाई सफल मानिन्छ । त्यसैले खेल जीवनो उच्च अवस्थामै रहँदा उनले सन्यास लिने घोषणा गरेको बताएको छ ।

यायाका एजेन्टले भने,’ हरेक खेलाडी सम्भव भएसम्म लामो समय खेल्न चाहन्छ । यात्रा अझै पाँच वर्ष खेल्न सक्ने थिए ।’ चार पटक अफ्रिकन वर्षका उत्कृष्ट फुटबलर रहेका यायाले सन् २००९ मा बार्सिलोनाबाट च्याम्पियन्स लिग जितेका थिए ।

त्यसपछि उनी आठ वर्ष सिटीमा रहे । जहाँ उनले ३ सय १६ खेल खेल्ने क्रममा ७९ गोल गरे । उनले २०११ को एफए कपमा विजयी गोल गरेका थिए । आइभरी कोस्टका लागि १ सय १ खेल खेल्ने क्रममा उनले २००६, २०१० र २०१४ को विश्वकप खेलेका थिए ।

मलाई विश्वास छ , ‘यायाले आउने दुई वर्षमा प्रो कोचिङ लाइसेन्स लिनेछन् । उनी उनी एउटा राम्रो क्लबको मुख्य प्रशिक्षक हुनेछन्,’ एजेन्टले भने, ‘प्रशिक्षणमा पनि उनी सफल हुनेछन् । उनी आफ्नो लक्ष्यतर्फ अघि बढेका छन् । ‘

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.