default_image

7 years ago

May 12, 2019

झापा र च्यासलबीचको खेल स्थगित, बाँकी १४ मिनेट भोली खेलाइने

127 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – खराब प्रकाशका कारण सिएमएस भरतपुर गोल्डकपमा आइतबार झापा ११ र च्यासलबीचको क्वार्टरफाइनल खेल १४ मिनेट अघि नै स्थागित भएको छ ।

झापाले २–१ को अग्रता लिएको खेलमा अध्यारो भएपछि खेल रोक्नु परेको थियो । बाँकी १४ मिनेटको खेल त्यहि स्कोरबाट सोमबार बिहान खेलाइने बताइएको छ ।

सन्जोग राईको गोलबाट झापाले पहिलो मिनेटमा खेलमा अग्रता बनाएको थियो । निशान लिम्बुले पहिलो हाफका लागि केहि समय बाँकी रहँदा गोल थपेपछि झापा २–० ले अगाडि लागेको थियो । दोस्रो गोल खाएपछि च्यासलले त्यसको विरोधमा १० मिनेट खेल छोडेको थियो । पछि पुनः खेल सुरु भएपछि च्यासलका लागि पूर्णबहादुर गुरुङले ५९ औं मिनट मिनेटमा गोल गरेका थिए ।

च्यासलका लागि पूर्णबहादुर गुरुङले ५९ औं मिनट मिनेटमा गोल गरेका थिए । तर ६६ औं मिनेटमा पुग्दा खेल हुन नसकेपछि खेल स्थगित गरिएको थियो । खेलमा ८० मिनेटको समय निर्धारण गरिएको छ ।

एजे इन्टरनेसनल प्रा लिको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.