default_image

7 years ago

May 14, 2019

एन्फा बैठक आज- को बन्ला एन्फा वरिष्ठ उपाध्यक्ष ?

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ उपाध्यक्ष चयनको विषयले अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्न लागेको केन्द्रिय कार्यसमिति बैठकमा आज टुंगाउने सम्भावना देखिएको छ । एन्फा बैठक पार्क भिलेजमा बस्दैछ ।

वरिष्ठ उपाध्यक्षका आकांक्षी दुई एन्फाका दुई उपाध्यक्ष वीरबहादुर खड्का र पंकज नेम्बाङ(दायाँ) ।


कार्यसमिति निर्वाचित भएको १ वर्ष नाघिसक्दा पनि एन्फाले वरिष्ठ उपाध्यक्षको टुंगो लगाउन सकेको छैन । एन्फा कार्यसमितिको निर्वाचन गत वर्ष वैशाख २२ गते भएको थियो ।
वरिष्ठ उपाध्यक्षको विषयसहित लिग, कर्मचारी कार्यविधि पास र यो वर्षका कार्यक्रमका विषयमा आज हुने बैठकले टुंगो लगाउने एन्फा प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी दिए ।
वरिष्ठ उपाध्यक्षको विषयले दोस्रो पटक प्रवेश पाउन लागेको हो । यसअघि माघ २ गतेको बैठकमा यो विषयले प्रवेश पाएपनि त्यति बेला टुंगो लाग्न सकेन ।
वरिष्ठ उपाध्यक्षका विषयमा यसपटक भने टुंगिने प्रवत्ता राईले दाबी गरे । विधानत वरिष्ठ उपाध्यक्ष एन्फा कार्यसमितिको दोस्रो वरियतामा हुन्छन् । वरिष्ठ उपाध्यक्ष केन्द्रिय समितिको सर्वसम्मति वा बहुमतका आधारमा चयन हुने प्रवक्ता राईले बताए । एन्फाका ४ उपाध्यक्षमध्येबाट एक वरिष्ठ उपाध्यक्ष चयन हुनेछन् । एन्फा उपाध्यक्षमा पंकज नेम्बाङ, कृष्ण थापा, वीरबहादुर खड्का र उपेन्द्रमान सिंह निर्वाचित भएका थिए । त्यसमध्ये नेम्बाङ र खड्काले वरिष्ठ उपाध्यक्षको लागि दाबी गरिहेका छन् ।
सुरुमा दाबी गरेपनि अर्का उपाध्यक्ष थापाले भने दाबी छाडेको श्रोतले बतायो । नेम्बाङले निर्वाचित उपाध्यक्ष मध्ये बढी मत ल्याएकोले आफु हुनु पर्ने दाबी गरेको बताइएको छ । त्यस्तै अर्को उपाध्यक्ष खड्काले भने आफु यसअघि नै उपाध्यक्ष भइसकेकोले वरिष्ठ पाउनुपर्ने दाबी गरेको श्रोतले बतायो ।

अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले कार्यभार सम्हाल्ने वैधानिक व्यवस्था छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदेश यात्राका क्रममा सुरुमा चार उपाध्यक्ष मध्ये एकलाई कार्यवाहक दिने गरेका थिए । पछिल्ला केहि विदेश यात्रामा भने उनले कुनै पनि उपाध्यक्षलाई कार्यवहाक दिएका छैनन् ।
नेम्बाङ र खड्काको दाबी रहेको स्वीकार्दै राईले भने, ‘यो विषय सहमतिमा टुगाउने छौं । त्यस्तो हुन नसके कार्यसमितिले ध्वानी मतको आधारमा टुंगिन्छ ।’

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.