default_image

5 years ago

May 23, 2019

कासिलासको सम्मानमा ‘गोलकिपर डे’

29 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले राष्ट्रिय टोलीका पूर्व कप्तान एवंम् गोलकिपर इकर कासिलासको सम्मानमा ‘गोलकिपर डे’ घोषणा गरेको छ ।

केहि साता अघि मात्र हृदयघात भएपछि उनको शल्यक्रिया गरिएको थियो । पोर्टोको प्रशिक्षणका दौरान उनलाई हृदयघात भएको थियो । स्वास्थ्य लाभको कामना गर्दै लाखौं समर्थकले उनको स्वास्थ प्रति चासो राखेका थिए ।

रियल म्याड्रिका पूर्व महान खेलाडी कासिलासको जन्म दिन मे २० लाई गोलकिपर डेका रुपमा मनाउने आरएफइएफले निर्णय गरेको छ । स्पेनले सन् २०१० मा पहिलो पटक विश्व कप उपाधि जित्दा कासिलास टोलीका कप्तान थिए ।

‘पहिला त हामी उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैछौं ,’ पूर्व गोलकिपर मोनो र्बुगुसले भने,‘ र अर्को हामी मे २० लाई गोलकिपर डेका रुपमा घोषणा गर्दछौं । आरएफइएफले ट्विट गर्दै कासिलासलाई जन्म दिनको शुभकामना दिएको थियो ।

‘जन्म दिनको शुभकामाना । कासिलास जसले २००८ को युरो कप, २०१० को विश्वकप र २०१२ को युरो कप जिते । उनले दर्जनौं गोल रोकेका छन्,’ ट्विटमा भनिएको छ ।

मे २० कासिलासको जन्म दिन भएकोले त्यसलाई विशेष दिनका रुपमा मनाइने महासंघले पनि प्रष्ट पारेको छ । स्पेनिस फुटबलमा उनको योगदान र महत्वलाई दर्शाउन यो घोषणाले अर्थ राख्ने बताइएको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.