default_image

5 years ago

May 26, 2019

बेल टोटेनहम फर्कने सम्भावना

लन्डन (एजेन्सी)– टोटेनहम हट्सपरका प्रशिक्षक माउरिसियो पोचिन्टोले रियल म्याड्रिडका विङ्गर गेराथ बेलको पुनरागमनका बारेमा बोलेका छन् । जिनेदिन जिदानले पुनः रियलको प्रशिक्षण सम्हालेदेखि नै बेलले पहिलो रोजाईमा पर्न संघर्ष गर्दै आएका छन् । बेल र जिदानबीचको सम्बन्ध पहिले देखि उतारचढावपूर्ण रहँदै आएको छ । जसका कारण आउने सिजनमा उनले क्लब छाड्ने सम्भावना पनि उत्तिकै छ […]

30 views

0 Bookmark

लन्डन (एजेन्सी)– टोटेनहम हट्सपरका प्रशिक्षक माउरिसियो पोचिन्टोले रियल म्याड्रिडका विङ्गर गेराथ बेलको पुनरागमनका बारेमा बोलेका छन् । जिनेदिन जिदानले पुनः रियलको प्रशिक्षण सम्हालेदेखि नै बेलले पहिलो रोजाईमा पर्न संघर्ष गर्दै आएका छन् ।

बेल र जिदानबीचको सम्बन्ध पहिले देखि उतारचढावपूर्ण रहँदै आएको छ । जसका कारण आउने सिजनमा उनले क्लब छाड्ने सम्भावना पनि उत्तिकै छ । छ सिजन रियलमा बिताएका बेल पुन लन्डन फर्कने सम्भावना रहेको अड्कल काटिएको छ ।

सुरुमा लोन र त्यसको एक वा दुई वर्षमा स्थायी रुपमा टोटेनह्याम सरुवाका विषयमा पनि चर्चा भएको बताइएको छ । यद्दपी अहिले सबै विषय तय भने भएको छैन । ‘उनी रियलका खेलाडी हुन् ,’बेलको सरुवाका विषयमा सोधिएको प्रश्नमा मुस्कुराउँदै पोचिन्टाले भने,’हाम्रा बीचमा राम्रो सम्बन्ध छ । हामीले उनीविरुद्ध गत वर्ष खेलेका थियौं । उनको खेल राम्रो छ । यहाँ पनि धेरैलाई उनको सम्झना छ । ‘

बेल र रियलबीचको सम्झौता अझै तीन वर्ष बाँकी छ । अर्जेन्टिनी प्रशिक्षकले भने,’परिस्थिति यस्तो छ की न उनका लागि सहज छ , न त क्लबको लागि ।’ रियल पुगेपछि बेलले ला लिगा एक पटक तथा च्याम्पियन्स लिग चार पटक जितिसकेका छन् । तर, रियल पुगेदेखि नै पटक पटक चोटग्रस्त बनेका उनको खेलमा पनि एकरुपता रहन सकेन ।

बेलको आगमनले टोटेनहमको आक्रमण बलियो हुनेछ । यदि यो सरुवा सम्भव भए दुवै पक्षलाई फाइदा हुने अपेक्षा गरिएको छ । रियल जानु अघि बेल टोटेनहममा लगातार तीन वर्ष उत्कृष्ट खेलाडी चुनिएका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.